सुन्दर आले, मलेसिया
क्वालालम्पुर । रोजगारीको शिलशिलामा आज भन्दा ११ वर्ष अगाडि थाईल्याड हुदै मलेसिया आएका पृथ्वीनारायण–८ गोर्खा निवासी भिम नारायण श्रेष्ठ एनआरएन मलेसिया तथा विभिन्न व्यापारीहरुको सहयोगमा जुलाई ३० तारिख स्वदेश फर्किएका छन् । केहि महिना अगाडि उनलाई रोगले च्यापे पछि केएल हस्पिटलमा भर्ना भएका थिए । उनलाई डाक्टरको भनाई अनुसार टिभी भएकोले उनको घाटी हेर्दा सुन्निएको थियो । निज उपचार गर्दा गर्दै हस्पिटलबाट घर जाने बाहाना वाहिर निस्किएका थिए । उनले हस्पिटलमा लागेको खर्च आरएम ८०० आफैले तिरेको थियो भने बाँकी ४०० रिगेंट तिर्न बाँकी रहेको हस्पिटलले बताएको छ । उनी नेपाल जानको लागि खर्च नभए पछि उनलाई विभिन्न संघ संस्था तथा व्यापारीहरुले नेपाल जानको लागि हवाई टिकट र पकेट खर्च दिएको थियो । जसमा एनआरएन मलेसियाबाट आरएम ५००, सोनाम लामा १००, सोनाम लामा (युनिक कपडा पसल) बाट आरएम ५०, माइकल लामा ५०, कालु गुरुङ ५०, हाकिम श्रेष्ठ ३०, पासाङ लामा ५०, देउराली रेष्टुरेण्ट १००, सुर्य गुरुङबाट ८५, खुम राना बाट ३० र जितमान लिम्वूबाट १०० रिंगेट सहयोग प्रदान भएको थियो । सोही रकमबाट हवाई टिकट र नेपाली रुपिया प्रदान गरिएको थियो । निज विरामीलाई नेपाल दुतावास मलेसियाले ट्रार्भल डकुमेण्ट र एयरपोर्ट सम्म दुतावासकै गाडिमा पुर्याएको थियो । निज श्रेष्ठ हस्पिटलबाट आए पछि बस्न र खान लालीगुराँस रेष्टुरेण्टले सहयोग गरेको थियो भने गोर्खा रेष्टुरेण्टले पनि निजले खाएको खानाको रकम मिनाहा गरिदिएको थियो । श्रेष्ठको पुरानो घर गोर्खा भए पनि हाल चितवनमा बस्दै आएको छ । निज विरामीले आफुलाई यसरी नेपाल पठाउँन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिनु भएको छ ।
Posted by: Jay Ale