Daily Archives: 05/08/2011

एनआरएन र व्यापारीहरुको सहयोगमा पीडित स्वदेश फर्किए


सुन्दर आले, मलेसिया

क्वालालम्पुर । रोजगारीको शिलशिलामा आज भन्दा ११ वर्ष अगाडि थाईल्याड हुदै मलेसिया आएका पृथ्वीनारायण–८ गोर्खा निवासी भिम नारायण श्रेष्ठ एनआरएन मलेसिया तथा विभिन्न व्यापारीहरुको सहयोगमा जुलाई ३० तारिख स्वदेश फर्किएका छन् । केहि महिना अगाडि उनलाई रोगले च्यापे पछि केएल हस्पिटलमा भर्ना भएका थिए । उनलाई डाक्टरको भनाई अनुसार टिभी भएकोले उनको घाटी हेर्दा सुन्निएको थियो । निज उपचार गर्दा गर्दै हस्पिटलबाट घर जाने बाहाना वाहिर निस्किएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वैदेशिक रोजगारीमा मानव बेचबिखनको जोखिम


– डा. मानबहादुर बीके

नेपालमा प्रथम योजना अवधिदेखि नै गरिबी न्यूनीकरण र रोजगारी सिर्जना मुख्य चुनौती रहँदै आएका छन् । देशमा राजनीतिक परिवर्तन भए तापनि यी सवालमा अझैसम्म तात्विक परिणाम आउन सकेको छैन । प्रत्येक वर्ष ४ लाखको हाराहारीमा श्रमबजारमा नयाँ जनशक्ति थपिने गरेको छ । आन्तरिक बजारमा थप श्रमको माग कम हुने भएकाले यसको ठूलो हिस्सा वैदेशिक रोजगारमा जाने गरेको छ । दैनिक करिब ७ सयको संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कोमामै स्वदेश ल्याइयो शान्तिलाई


होम कार्की/काठमाडौ, श्रावण २० । तेजबहादुरले एकोहोरो छोरीलाई हेरिराखे । छोरीले पनि एकोहोरो तेजबहादुरलाई हेरिरहिन् । ७ वर्षपछि भेटिएका यी बाबुछोरी बोल्न नसक्दा तेजबहादुरको आँखाभरि आँसुले ढाकेको थियो । छोरी शान्तिमाया दोङलाई मिल्ने भए गर्लम्म अँगालो हाल्न उनलाई मन थियो । तर एम्बुलेन्समा सुताइएकी छोरीलाई अँगालो हाल्न मिल्ने अवस्था थिएन । हेरी मात्रै रहे । ‘छोरीको मुख बल्ल देख्न पाइयो,’ निकै पछि मुख खोले, ‘यति पनि देख्न नपाइएला भन्ने ठूलो पिर लागिरहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्