अगष्ट २, दोहा,/ तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले आफ्नो तेश्रो प्रस्तुतिको रुपमा `गैर आवासीय नेपाली तारा कतार २०११` कार्यक्रमको आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । सांस्कृतिक परिवारका अध्यक्ष तथा कार्यक्रम संयोजक बिमल गुरुङले दिएको जानकारी अनुसार सो कार्यक्रम अन्तर्गत ईदको अवसरमा पहिलो अडिशन लिइने कार्यक्रम तय भएको छ ।
सो सांस्कृतिक परिवारले गत वर्ष पनि `नेपाली कला र संस्कृतिको संरक्षण गरौं, विदेशमा रहेका प्रतिभाको खोजि गरौं` भन्ने मुल नाराका साथ `गैर आवासीय नेपाली तारा कतार २०१०` कार्यक्रम सफल आयोजना गरेको थियो ।
यस वर्ष पनि गत वर्षमा जस्तै नृत्य र गायन गरि दुबै विधामा नेपाली प्रतिभाहरुको विच प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ` संयोजक गुरुङले बताए । यसपालिको प्रतियोगितामा नृत्य तथा गायन दुबै विधामा उत्कृष्ट प्रतियोगीहरुलाई विशेष उपाधिले सम्मान गरिने कार्यक्रम रहेको संयोजक गुरुङले बताएका छन् । गत वर्षमा जस्तै नृत्य र गायन मध्यबाट उत्कृष्ट हुने प्रतियोगीलाई गैर आवासीय नेपाली तारा कतार २०११ को उपाधिद्वारा सम्मान गरिनुका साथै दुबै विधाका उत्कृष्ट प्रतियोगीहरुले विशेष उपाधिबाट सम्मानित गरिने कार्यक्रम तय भएको बताइएको छ ।
यस वर्षको कार्यक्रम अरु उत्कृष्ट हुनेमा विश्वस्त रहेको अध्यक्ष गुरुङले बताए । सो कार्यक्रम मार्फत कतारमा रहेका नेपाली प्रतिभाहरुले आफनो कला प्रस्तुत गर्न एउटा अवसर प्राप्त गर्ने र नेपाली कला एवं संस्कृतिलाई माया गर्ने नेपाली कलाप्रेमी कतारवासी नेपालीहरुले भरपुर मनोरञ्जन पनि प्राप्त गर्ने आयोजकको तर्क छ । प्रतियोगितामा भाग लिन आवेदन दिने वारे कार्यक्रमको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएका छन् ।
Posted by: Raju Gurung Source: www.tamusamaj.com