त्यो रात……… (गजल)


                                                          – जितेन्द्र मल्ल

चुरा बज्दा झस्काउने, अनौठो त्यो रात थियो ।
हिजो को हो  को हो आज, हात माथि हात थियो ।
मेरो मनमा पसी हेरे, थाहा हुन्थ्यो कि त उसलाई,
डरको डेरा संकोचको, एउटा ठुलै खात थियो ।

सिन्दुर लायो कसम खायो, सातै जन्म साथ दिने,
आफ्नो हक जताइहाल्यो, मर्दको न जात थियो ।
सुनसान भयो बातावरण, आँधीहुरी चल्ने हो कि?
यता डर सुनामीको, उता मेरै मात थियो ।
डर त्यागें जसो तसो, सम्हालें यो मनको हुरी,
तन सुम्पे मन सुम्पे, सुम्पे जे जे साथ थियो ।

Posted by: Raju Gurung

10 responses to “त्यो रात……… (गजल)

  1. Very nice Prabhaa ji…. It’s the real life of Kuwait.

  2. यो गजलको वास्तबिक लिन्क यहाँ छ । सर्जकको अनुमती बिना गजल पोस्ट गरियो त्यो पनि अर्कैको नाममा, यस्तो चोरिको काम नगरियोस् है मित्र ।

  3. Jaha samma malai taha cha, yo Gazal Jitendra malla Ji le lekheko ho. malai acchamba lagyo aru ko gazal kasai aru ko naam ma post bhayeko dekhdah

  4. यो गजल पहिला पनि जेतेंद्र भाइले अनुहार पुस्तिकामा माथिल्लो हरफ राखेको थियो | पछी यसलाई निरन्तर गर्नु पर्यो भन्ने धेरै कमेन्टहरु आए पछी पुरा गरेको हो | यहाँ अर्कैको नाम देख्दा अचम्मित भएँ मा |

  5. आदर्णीय सर्जक ज्युहरुमा सविनय निवेदन ।

    आज सम्म म अन्जानमा नै रहेछु । न त मलाई यो ब्लग नै थाहा थियो न,त जितेन्द्रजीको गजल मेरो नाममा नै प्रकाशित भएको । यो सम्पादक मन्डलको गल्ती नै हो कि भन्ने मैले ठानें । कहिले कँहि प्राविधिक कुरामा कम्जोर पनि हुन सक्छ । खै!मसँग कसैले पुर्वाग्रह राखेर त गरेको होला जस्तो लाग्दैन मलाई ?कसैलाई एकैचोटि गल्ती औंल्याइे हाल्न पनि मन लाग्दैन मलाई। यदी त्यसै गरेको हो भने म यस्कोलागी आफु अन्जान भएको साबित गर्न सक्छु । अनी एउटा कुरा प्रष्ट गर्न चाहन्छु कि म धेरै कुरामा कम्जोर भएता पनि लेखनमा भने अरुको रचना चोर्नै पर्ने स्थिती छैन । म नै दिनको ४/५ वटा नै गजल श्रीजना गर्ने गर्दछु । हो यो गजल मैले जितेन्द्रजीले फेसबूकमा बाँड्नु भएको पनि देखेकी छु । ऋषी बस्ताकोटी ज्युलाइे धन्यवाद दिन चाहन्छु जस्ले खबर गरेर आँखा खुलाइे दिनु भयो । जितेन्द्र जी यो तँपाइद्वारा रचित गजल हो मेरो होइन । सम्पादक मन्डलले यस्को चाँडै निर्णय गरिदिनु पर्‍यो । मेरो बिगत ३५ बर्षदेखिको लेखन पाइेलामा यो मानहानी हो । यो धब्बा चाँडै मेटाइेदिन हुन मेरो अनुरोध ।

  6. पाठक बर्गहरु!
    प्रकाशित “त्यो रात” गजलका रचनाकारको नाम जितेन्द्र मल्ल हुनु पर्नेमा भूल बस् आचार्य प्रभा हुन गएकोमा क्ष्यमा चाहन्छौ।
    http://www.kuwaitnepal.com Team

  7. मैले पनि भनें नि भूल त भइेहाल्छ नि कहिलेकँहि तर जितेन्द्रले पनि आचार्य प्रभा को हो? र कहिले देखिको कलमी यात्रा हो ? किन यस्तो भयो ?भन्ने सोंचेर मसँग पहिला कुरा राख्नु पर्नेमा मलाई बिज्ञापन गरेर दुनियाँ फेसबुकका किराहरुलाइे मनपरी भन्न लगाएकोले मन दुख्यो । मलाई वेबसाइेटसँग भन्दा जितेन्द्रजीले मलाई बेवास्ता गरेकोमा दु:ख लागेको हो । ति किरा फट्याङ्राहरु जो जोले जे जे भने ’emले सबक सिक्नुपर्दछ । अब भने यो साइेटसँग राम्रो मितेरी भो म मेरा गजलहरु धमाधम पठाउनेछु । धन्यवाद ।

  8. ( जब यही साइटमा मेरो नाममा जितेन्द्र मल्लको गजल प्रकाशित् भएर मैले बिभिन्न लान्छना खप्नु पर्‍यो अनी मलाई त्यही भावमा तुरन्त यो गजल लेख्न मन लाग्यो । )
    ( गजल ) आचार्य प्रभा

    नखाएको बिषले अझ ज्युँदै मार्दो रैछ
    परिबन्द बिग्रिँदा नि जालमा पार्दो रैछ ।

    लेखनकै साहारामा बाँचिरैछु अझै
    कलमले नि कैले कँहि आसुँ झार्दो रैछ ।

    अबुझको माहौलमा कती पटक फँसें
    ब्यर्थ दोषी बन्नु पर्दा मन हार्दो रैछ ।

    नियतको भुमरिमा आफु धसे पछी
    लेखनबाट मनलाइे टाढा सार्दो रैछ ।

    सहि सत्य के हो भन्ने नबुझ्नेको अघी
    आफैलाइे आसुँबाट सधैं तार्दो रैछ ।

    (रचना अमेरिकि समय अगस्त ९ )

  9. राजु जी, सुधारको लागि धन्यवाद । यो रचना कसरी र कहाँबाट यहाँले पाउनु भयो, यसको जानकारी पनि यहाँ सबैलाई दिन अनुरोध छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.