गुफाको कमाई एक करोड


मनोज अधिकारी/पोखरा, साउन १८ । छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाले गत वर्ष एक करोड रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०६७/६८ मा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक तथा भक्तजनले गुफा अवलोकन गरेका थिए ।

डेभिज फल्सको झरना गुफाभित्रबाट देखिने भएकाले यहाँ वर्षेनी ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउँछन् । यसबाहेक गुफाभित्र ४० मिटर गहिराइमा रहेको गुप्तेश्वर महादेव मन्दिरमा दर्शन गर्न नेपाल र भारतका हजारौं भक्तजन आउँछन् ।

उचित प्रचारप्रसार अभावमा तेस्रो मुलुकका पर्यटक भनै खासै नआउने गुफा व्यवस्थान समितिका अध्यक्ष खगराज शर्मा आचार्य बताउँछन् । ‘गुफाबाट यो वर्ष एक करोड रुपैयाँ आम्दानी भएको छ,’ आचार्यले भने, ‘गत वर्ष ५५ लाखको हाराहारीमा मात्र आम्दानी भएको थियो ।’ उनका अनुसार गुप्तेश्वर महादेव मन्दिर दर्शन गर्न यो वर्ष भारतबाट ठूलो मात्रामा धार्मिक पर्यटक आएका थिए ।

समितिले गुफाको आम्दानीबाट २०६४ सालदेखि गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालन गरिरहेको छ । शिक्षा र व्यवस्थापन संकाय पढाइ हुने क्याम्पसमा अहिले दुई सय विद्यार्थी अध्ययनरत छन् । ‘विद्यार्थीलाई सुलभ दरमा शिक्षा दिने प्रयास गरेका छौं,’ आचार्यले भने, ‘केही वर्षभित्रै क्याम्पसलाई व्यवस्थापनतर्फ स्नातकोत्तर तहसम्म विस्तार गर्ने योजना छ ।’

क्याम्पसले शिक्षा र व्यवस्थापन दुवै संकायमा प्रतिमहिना ५ सय रुपैयाँ शुल्क लिने गरेको छ । २५ विद्यार्थीले छात्रवृत्ति पाएका छन्। क्याम्पसमा पोखरा-१७ छोरेपाटनका साथै कास्कीकै निर्मलपोखरी, कृस्ती, पुम्दीभुम्दी र स्याङजाका फेदीखोला, टक्सार र आरुखर्क गाविसका विद्यार्थी अध्ययन गर्छन् ।

भौतिक पूर्वाधार निर्माणमा प्रत्येक वर्ष लाखौं रुपैयाँ खर्च गर्नु परे पनि गुफाबाहेक आम्दानीको अर्को स्रोत नभएको क्याम्पसका कर्मचारी ऋषिराम बराल बताउँछन् । क्याम्पसले यसै वर्ष ३५ लाख रुपैयाँ खर्च गरी भवनमा तेस्रो तल्ला थपेको छ । शिक्षक र कर्मचारी गरी २७ जनाको तलब, कम्प्युटर ल्याब, पुस्तकालय व्यवस्थापन, सञ्चालन खर्च सबै गुफाकै आम्दानीबाट बेहोरिने गरेको बराल बताउँछन् ।

‘यसै शैक्षिक सत्रदेखि मल्टिमिडिया प्रोजेक्टबाट अध्यापन गराउन थालिएको छ,’ उनले भने, ‘क्याम्पसभित्र पर्यटकीय आकर्षणका लागि धार्मिक तथा पर्यटकीय पुस्तकालयसमेत राखेका छौं ।’ समुदायका हरेक नागरिकको पहुँच पुर्‍याउन क्याम्पस भवनभित्रको पुस्तकालयलाई बाहिर सार्ने तयारी भइरहेको छ । यसका लागि छुट्टै भवन बनाउने क्याम्पसको योजना छ । आगामी १० वर्षभित्र गुप्तेश्वर सामुदायिक अस्पताल बनाउने योजनासमेत रहेको आचार्य बताउँछन् ।

व्यक्तिको जमिन रहेको गुफा र ’roundका भागको मुअब्जा दिएर समितिले गुफालाई सामुदायिक रुपमा सञ्चालन गरेको हो । समितिका अनुसार गुफाको भित्री भाग मर्मत गर्न वर्षेनी ४-५ लाख रुपैयाँ खर्च हुनेगर्छ । वर्षामा डेभिज फलबाट खसेको पानीले गुफाको एक सय मिटर अर्थात् मन्दिरसम्म डुबाउँछ । यसले गर्दा वर्षापछि पानीले भत्किएको भाग सधैं मर्मत गर्नुपर्छ । वर्षाका तीन महिना असार, साउन र भदौंमा पर्यटकलाई मन्दिरभन्दा तल्लो भागको भ्रमणमा रोक लगाउने गरिएको छ ।

बाँकी ९ महिना गुफा घुम्न विदेशी पर्यटकले एक सय, नेपालीले ५० र विद्यार्थीले ३५ रुपैयाँ शुल्क तिर्नुपर्छ । गुफा व्यवस्थापन समितिका कार्यालय प्रमुख नारायण पौडेलका अनुसार गुफा आउनेमध्ये ५० प्रतिशत विद्यार्थी हुन्छन् । विदेशी पर्यटकको संख्या भने १० प्रतिशत मात्र हुन्छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.