शान्तिमाया दोङलाई ४ अगष्ट २०११ मा पाकिस्तान हुँदै नेपाल पठाइने


जय आले, कुवेत

पारिवारिक आर्थिक बोझलाई कम र आफ्नो भविष्यलाई सुनिश्चित पार्ने अनगिन्ती सपना सजाई बैदेशिक रोजगारीको सिलसिलामा कुवेत आई बिगत ५ वर्षदेखी कुवेतको फर्वानिया अस्पतालमा मुढासरी लडेर जीबनको गहिराई तलाश गरिरहेकी एक कर्महारा नेपाली चेली ‘शान्तीमाया दोङ’ अब नेपाल जाने भएकी छिन । अत्यन्तै चिन्ताजनक अवस्थामा रहेकी शान्तिलाई नेपाल लैजान नेपालदेखी स्वास्थ्यकर्मीहरु कुवेत आईसकेको र उनलाई यही अगष्त ४ तारिखका दिन, बिहानको १.१० बजे PIA को फ्लाईटबाट पाकिस्तानको कराँची हुँदै नेपाल पठाईने NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङले जानकारी दिनुभएको छ ।

शान्तिमायालाई फ्लाईटमा बिभिन्न सुविधासहित नेपाल पठाउन जरुरी भएकोले उनको रेखदेख एवं स्याहार सुसारको लागि नेपाली राजदूतावास कुवेतको पहलमा नेपालदेखी स्वास्थ्यकर्मीहरु कुवेत आएका हुन । शान्ति ४ अगष्तकै दिन, नेपाली समयानुसार दिनको ३.१५ बजे नेपाल पुग्नेछिन् भनें उनको बाँकी उपचारको जिम्मा पाटन अस्पतालले लिएको छ ।

प्रवासमा एउटी नेपाली चेलीको यस्तो दयनिय अवस्था देख्नुपर्दा सारा कुवेतवासी नेपालीहरु दु:खित छन भनें बिभिन्न नेपाली सँघ-संस्थाहरुले उनलाई नेपाल फर्काउनको लागि लामो समयदेखी दवाव दिंदै आएका थिए । यसै क्रममा, कुवेतमा कृयाशिल नेपाली संस्था जन-जाग्रिती युवा समाज कुवेतले उनको उद्धारार्थ नेपालकी चर्चित गायिका रेश्मा सुनुवारलाई कुवेत ल्याई एक च्यारिटी शो समेत प्रदर्शन गराएको थियो । उक्त शो बाट करिब ११०० के.डी. (ने.रु. २ लाख ८० हजार) संकलन गर्न सफल भएको र उक्त रकम हाल नेपालमा रहनु भएका माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका प्रमुख संरक्षक एवं समाजसेवी श्री बाल कुमार गुरुङ्को नाममा पठाई र पत्रकार सम्मेलन गराई सो रकम श्री गुरुङ् मार्फतनै पीडित शान्तिमायाको परिवारलाई हस्तान्तरण गराईने पनि समाजका अध्यक्ष श्री दिपक क्षेत्रीले कुवेतनेपाल डटकमलाई बताउनु भएको छ ।

Advertisements

3 responses to “शान्तिमाया दोङलाई ४ अगष्ट २०११ मा पाकिस्तान हुँदै नेपाल पठाइने

  1. mero pray chh yo didi lai bhagwan le unilai chadai niko paridiun god bless her!!!

  2. Oh God! may god grant her strength to bear this terrible blow.i pray with god for her speedy & promt recovery.

  3. Shanti bahinilai swadesh gaye pachi thik bhaihalchani… hamra 33koti devi devata k herera baseka chan ra? Yaha bideshma bhayera ho. Thanks to NRNA Kuwait chairman Rajendra, Mt. Everest Club advisor Balkumar and Chairman Dipak for your courtesy and campaign to save Shanti. Tapainharuko manabtako gun ra sahayogko phal awasya milchha. Shantilai swadeshma gayera chwattai niko hos.
    Kamal Gurung
    Saudi Arabia

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.