छोरी लिन भक्तपुरको गल्ली नम्बर ३ मा आउनु


पर्वत पिपलटारीका नाबालिग दिदी बहिनी अपहरणमा, एकलाख फिरौतीमाग !

पर्वत साउन १६ । पर्वत जिल्लाको सदरमुकाम कुस्मा नगरपालिका स्थित राष्ट्रिय बालशिक्षा सदन आवासीय माबिमा अध्ययनरत दुई बालिका आईतबार राति अपहरणमा परेका छन् । पिपलटारी गाबिस वडा नं ९ सिल्मी फाँटका कृष्णप्रसाद तिवारीका दुई बहिनी छोरी ९ बर्षकी नमुना र ७ बर्षकी नबीना तिवारी हिजो राति घरबाटै सुतिरहेको बेला अपहरणमा परेका हुन् । उनिहरुले क्रमशः कक्षा २ र १ मा पढ्छन ।

करीब आधा दर्जनको समूहमा आएका नकाबधारी अज्ञात व्यक्तिहरुले घरमा प्रवेश गरी तिवारीसंग एक लाख रुपया मागेका थिए । सो प्राप्त नभएपछि अपहरणकारीले घरमा अण्डा पकाईरहेका दुई नाबालिग छोरीहरु सहित बाबु कृष्ण प्रसादलाई रातको एघार बजे तिर घरबाटै अपहरण गरी लगेको प्रहरीले बताएको छ ।   ती बालिकाकी आमा राधिका वैदेशिक रोजगारका क्रममा इजरायलमा छिन् ।

अपहरणकारीले मोदी खोलाको मोटरेबल पुल नजिक पुगेपछि छोरी लिने भए एक साता भित्र एक लाख रुपया लिएर भक्तपुरको गल्ली नम्बर ३ मा आउनु भन्दै बाबु कृष्णप्रसाद तिवारीलाई छोडेका र दुई छोरीहरुलाई साथमै लगि गएको पीडितका आफन्तले बताएका छन् । अपहरणकारी हालसम्म फेला नपरेका र अहिले खेजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीले शंकास्पद केहि व्यक्तिलाई नियनत्रणमा लिएको बताएको छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.