Posted by: Jay Ale
Daily Archives: 02/08/2011
कसलाई पोखुं मनको ब्यथा ?
नारायण गिरी
Upstream Continuing Excellence – UPDC
कसलाई पो थाहा छ र मेरो मनको कथा
उनकै लागि सहें मैले सबै पिर व्यथा
न थियो जिउमा टालो न घरमा अन्न
भोकै पेट भए पनि जान्थें बारी खन्न
हेर्दा हेर्दै दिन बित्यो, बित्यो बर्ष पनि
सकिएन जिवन धान्न पाखाबारी खनी
साथीसंगी सबै देखी मनमा आयो रहर
मैले पनि गरे अठोट उहाँलाई पठाउने शहर पढ्नेक्रम जारी राख्नुहोस्
शान्तिमाया दोङलाई ४ अगष्ट २०११ मा पाकिस्तान हुँदै नेपाल पठाइने
जय आले, कुवेत
पारिवारिक आर्थिक बोझलाई कम र आफ्नो भविष्यलाई सुनिश्चित पार्ने अनगिन्ती सपना सजाई बैदेशिक रोजगारीको सिलसिलामा कुवेत आई बिगत ५ वर्षदेखी कुवेतको फर्वानिया अस्पतालमा मुढासरी लडेर जीबनको गहिराई तलाश गरिरहेकी एक कर्महारा नेपाली चेली ‘शान्तीमाया दोङ’ अब नेपाल जाने भएकी छिन । अत्यन्तै चिन्ताजनक अवस्थामा रहेकी शान्तिलाई नेपाल लैजान नेपालदेखी स्वास्थ्यकर्मीहरु कुवेत आईसकेको र उनलाई यही अगष्त ४ तारिखका दिन, बिहानको १.१० बजे PIA को फ्लाईटबाट पाकिस्तानको कराँची हुँदै नेपाल पठाईने NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङले जानकारी दिनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार
नेपाल-कुवेत उद्योग वाणिज्य संघ गठन
काठमाडौ, श्रावण १६
आर्थिक सम्बन्ध विस्तार गर्न नेपाल-कुवेत उद्योग वाणिज्य संघ स्थापना भएको छ । संघको अध्यक्षमा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार चयन भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुकुन्तलाल हिराचन र द्वितीय उपाध्यक्षमा मीनबहादुर गुरुङ छन् । यस्तै महासविचमा शैलेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ र सचिवमा राजेन्द्र अर्याल र नरेशप्रसाद श्रेष्ठलगायत रहेको १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
छोरी लिन भक्तपुरको गल्ली नम्बर ३ मा आउनु
पर्वत पिपलटारीका नाबालिग दिदी बहिनी अपहरणमा, एकलाख फिरौतीमाग !
पर्वत साउन १६ । पर्वत जिल्लाको सदरमुकाम कुस्मा नगरपालिका स्थित राष्ट्रिय बालशिक्षा सदन आवासीय माबिमा अध्ययनरत दुई बालिका आईतबार राति अपहरणमा परेका छन् । पिपलटारी गाबिस वडा नं ९ सिल्मी फाँटका कृष्णप्रसाद तिवारीका दुई बहिनी छोरी ९ बर्षकी नमुना र ७ बर्षकी नबीना तिवारी हिजो राति घरबाटै सुतिरहेको बेला अपहरणमा परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
दानी डा. उपेन्द्र
एनआरएन सम्मेलनका क्रममा उद्यमी डा. उपेन्द्र महतोले वैदेशिक रोजगारीका सिलसिलामा दुर्घटनामा परी अपांग भएका नेपाली नागरिकका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फूलकुमारी महतो ट्रष्टका तर्फबाट पाँच करोड रुपैयाँको अक्षयकोष खडा गर्ने घोषणा गरेका छन् ।
महतो एनआरएनका प्रमुख संरक्षक एवम् उक्त ट्रष्टका अध्यक्ष हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार