१९५० को नेपाल-भारत सन्धी संशोधन नहुने – परराष्ट्रमन्त्री उपेन्द्र यादव


१५ साउन । नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपाल र भारत सम्बन्धको आधार बनेको सन् १९५० को नेपाल भारत मैत्रि सन्धी संशोधन र परिमार्जन हुनै नसक्ने बताएका छन् । रिपोर्टस क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री यादवले भनेका छन, सन् १९५० को सन्धी संशोधन र परिमार्जन गर्ने कुनै आधार नै छैन । उनले नेपालका राजनीतिक दलहरुले लोकप्रियताको लागि सडकमा सन्धी खारेजीको नारा लगाउने गरेको आरोप लगाउँदै प्रत्यक्ष भेटवार्तामा भारतसँग सो विषयमा कुनै पनि सरकार र दलहरुले कुरा उठाउने हिम्मत समेत गर्न नसकेको दावी गरे ।

भारतसँगको कुराकानीमा कसैले खारेज गर्नु पर्ने भनाई राख्ने हिम्मत गरेका छैनन, उनले भने । १९५० को सन्धीको विषयमा भारत सरकार खुल्ला रहेको उल्लेख गर्दै उनले भने- नेपाल कस्तो सम्बन्ध र सन्धी चाहन्छ त्यसका लागि भारत तयार छ । खुल्ला सिमानाका कारण नेपाल र भारतवीचको सम्बन्धमा जटिलता र अविश्वास देखा परे पनि त्यसको समाधान कुटनीतिक माध्यमबाट खोज्नु पर्ने उल्लेख गर्दै यादवले सम्बन्धलाई सडकको नारा बनाउने कार्य उचित नभएको तर्क गरेका छन ।

Posted by: Jay Ale

Source: S-Express

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.