साथीलाई पत्र !!


ईन्द्र भूषाल, कुवेत  

प्यारो साथी,

धेरै दिनपछी आज तिमीलाई गुडिरहेको बसबाट देख्दा साह्रै खुशी लाग्यो । तत्काल तिमीलाई फोन गर्ने कोशीस गरें तर तिम्रो नम्बर संपर्कमा थिएन । आजभन्दा केही साल पहिला तिमीसँग धेरै बिहीवारका रातहरु रमाईलो गरेर मनाएको याद आयो मलाई । आज मात्रै तिमीलाई देखेर याद आएको होइन एक्लै बस्दा पनी सम्झना आउने गर्दथ्यो । तिमीले आफ्नो जिबन संगिनीका ’boutमा गरेका कुरा हुन या नेपाल छाडेर हिंड्ने बेलामा तिमीले खाने थालमा सानो छोरीले सँगै भात खाएको सम्झेर तिमी रोएको काहानी सुनाएको आजै जस्तो लाग्छ मलाई ।

मैले तिमीलाई सडकमा मेटिडै गरेको ट्राफिक लाईन पुन. चहकिलो पार्न ५० डिग्रीको प्रचण्ड गर्मीमा काम गरेको देख्दा तिमीले गरेको परिश्रमको उच्च प्रशंसा गरें तर बाटोमा गुड्ने सवारीलाई पनि चहकिलो रेखा चाहिन्छ भनेर मेटिएको रेखा कोर्ने तिमी आफ्नै जिन्दगीमा मेटिडै गएको रमाइलो अतितलाई कहिल्यै पनि पुन. चम्काउने कोशीस नगरेकोमा तिमी प्रति खेद व्यक्त गर्दछु । तिमीले भनेका घरयासी कहानी, नानी-बाबुले हिंड्ने बेलामा रोएका कहानी र तिम्रै मुखले गरेका रामाइला कुरा सम्झिदा मलाई तिमी कसरी परिवर्तन भयौ भनेर अचम्म लाग्यो ।

मैले पनी आज ९ औं दिन यो प्रचण्ड गर्मीमा आफ्नो पसिना बगाएं । कुवेत आगमन पश्चात यो नै मेरो पहिलो अनुभब हो गर्मिमा काम गरेको । तर, तिमीले त हरेक दिन बाहिर काम गर्छौ कस्तो भयो होला तिमीलाई ? मैले यो नौ दिनमा अनुभब गरें । साथी एउटा ज्यान त जसले पनि पाल्न सक्छ त्यही ज्यानको लागि तिमीले यो गर्मिमा पसिना बगाउन शायद पर्दैन । तिमी आएको केका लागि ? शायद बिर्सेंउ होला नसाको तालमा तिम्रो नानु एस.एल.सी पास भएकी छिन । आफै सोंच, अब तिमी कहाँ छौ ?

प्रवासमा धेरै थरिका साथी पाईन्छन जुन मैले भन्दा तिमीले भोग्यौ होला । मैले तिमीलाई २००५ मा देख्दा जस्तो शरीरिक तन्दुरुस्ती थियो तिम्रो.. आज देख्दा टाईम धेरै कम्जोर भएको पाएं । कताकता मलाई दु:ख लाग्यो मेरो साथी किनकी मैले तिमी यसरी परिवर्तन हौला भनेर सोंचेको थिईन । समय सँगै परिवर्तन हुन जरुरी छ तर यसरी कदापी होइन जुन तिमी भएका छौ । तिमीलाई आफ्नो परिवार प्रति पनी कुनै गुनासो थिएन, तिमी साह्रै खुशी थियौ तर के भयो तिमीलाई मैले सोंच्नै सकिन । जिन्दगी जिउनु पर्छ तर केबल आफ्नो लागि मात्र होइन ? आफ्नै लागि मात्र जिउनेले अरुको जिन्दगी किन अंगाल्ने ? म साह्रै दुखी छु तिम्रो रबैया सुनेर कृपया सानो छोरीले बाबाको खाने थाल समातेर रोएको याद गर, तिमिलाई जिउने धेरै बाटाहरु भगवानले दिनेछन केबल एउटा ज्यानको लागि तिमीले यो गर्मी नखाउ, मेरो प्यारो साथी.. तिमी सुध्रेर जाउ मेरो शुभकामना तिमीलाई !!

तिम्रो परिचित मित्र,

ईन्द्र

5 responses to “साथीलाई पत्र !!

  1. It’s very nice experience Indra ji.

  2. omg….dherai stariya, man mutu ani calejo nai chhhoyo….pls keep writing

  3. dai its relly relly nice .. and its same time friendship day also…keep it up dai……

  4. i would like to tell all my friends and readers of kuwaitnepal.com.plesae do not forget your past and remember that why we are here so far away from home.i will keep writing………………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.