खलङ्गा (बैतडी), श्रावण १६ – ‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा किसान आन्दोलन गर्नुभएका विद्रोही नेता भीमदत्त पन्तलाई तत्कालीन शासकहरुले फाँसीमा चढाएको ५९ वर्ष पुगेको छ । डडेल्धुरा सदरमुकाम अमरगढीबाट एक किलोमिटर दक्षिणमा पर्ने घटाल गाविस–२ (हाल अमरगढी नगरपालिका–२) कारीगाउँमा वि.स. १९८३ मङ्सिर १० गते जन्मनुभएका क्रान्तिकारी योद्धा भीमदत्त पन्तलाई किसान विद्रोह गरेको आरोपमा विसं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/08/2011
किसान नेता भीमदत्त पन्तलाई फाँसी दिइएको उनन्साठी वर्ष पूरा
Posted in थाहा पाईराखे राम्रो, संवेदना
१९५० को नेपाल-भारत सन्धी संशोधन नहुने – परराष्ट्रमन्त्री उपेन्द्र यादव
१५ साउन । नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपाल र भारत सम्बन्धको आधार बनेको सन् १९५० को नेपाल भारत मैत्रि सन्धी संशोधन र परिमार्जन हुनै नसक्ने बताएका छन् । रिपोर्टस क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री यादवले भनेका छन, सन् १९५० को सन्धी संशोधन र परिमार्जन गर्ने कुनै आधार नै छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
साथीलाई पत्र !!
ईन्द्र भूषाल, कुवेत
प्यारो साथी,
धेरै दिनपछी आज तिमीलाई गुडिरहेको बसबाट देख्दा साह्रै खुशी लाग्यो । तत्काल तिमीलाई फोन गर्ने कोशीस गरें तर तिम्रो नम्बर संपर्कमा थिएन । आजभन्दा केही साल पहिला तिमीसँग धेरै बिहीवारका रातहरु रमाईलो गरेर मनाएको याद आयो मलाई । आज मात्रै तिमीलाई देखेर याद आएको होइन एक्लै बस्दा पनी सम्झना आउने गर्दथ्यो । तिमीले आफ्नो जिबन संगिनीका ’boutमा गरेका कुरा हुन या नेपाल छाडेर हिंड्ने बेलामा तिमीले खाने थालमा सानो छोरीले सँगै भात खाएको सम्झेर तिमी रोएको काहानी सुनाएको आजै जस्तो लाग्छ मलाई । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in चिट्ठीपत्र, एकांकी