यौनसम्पर्क गरिसकेपछि दिदीको मुन्टो बटारेर हत्या


रासस/सिन्धुलीमाढी, साउन १४ । हाडनाताकरणी गरी दिदीको हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२, नाङ्गेडाँडा निवासी एक युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मृतक गीता थापाको काकाको छोरा सीताराम थापा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक थापा दुई दिनअघि विष सेवन गरेर मृत अवस्थामा घरमा फेला परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक गीतासँग सहमतिमा नै हत्या भएको दिन राति करिब ८ बजे दिदी-भाईबीच यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा दिदी गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा यौन सम्पर्क गरिरहेकै बेला आपत्तिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन् ।

आमाबाट यो खबर फैलिन सक्ने भयले दिदी गीताले विष ल्याइदिन भनेपछि विष सेवन गर्न दिएको र विष सेवनपछि छटपटाइ रहेकी दिदीको मुन्टो बटारेर हत्या गरेको थापाले साविती बयान दिएका छन । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.