Daily Archives: 30/07/2011

‘बर्त वसेर राम्रो श्रीमान पाइन्न’ – शर्मिला उप्रेती


मेहन्दीबाट बनाईएका फुल बुट्टाले सजिसजाउ हात । हात भरी हरिया र पहेँला चुरा । शरीरमा हरियो र पहेँलै पहिरन् । मोलड शर्मिला उप्रेतीलाई यतीबेला साँच्चै साउन लागेको छ । त्यसैले त उनी साउनको हरेक सोमबार भगवान शिबको ब्रत बस्छिन् । शिबलाई मन पर्ने पहिरन र सृङ्गार गर्छिन,’तर राम्रो श्रीमान पाउन हैन, बर्त वसेर राम्रो श्रीमान पाईँदैन, भाग्यमा जस्तो लेखेको छ । त्यस्तै श्रीमान पाईन्छ ।’उनले हाँस्दै भनिन्,’सँस्कृति जोगाउन र मन शान्तिका लागि साउने सोमबार ब्रत बसेकी हुँ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा ०१ अगष्त’देखी भिजिट भिसामा आएर काम गर्न नपाईने र भिजिट भिसालाई वर्किङ भिसामा परिवर्तन गराउन पनि नसकिने


जय आले, कुवेत

अगष्त २०११ उप्रान्त, कुवेत सरकारले भिजिट भिसामा कुवेत प्रवेश गर्नेहरुलाई काम गर्न रोक लगाएको छ । साथै, व्यावसायिक तथा भिजिट भिसामा आई काम गरेको प्रमाणित भए त्यस्ता कामदारहरुलाई कडा कारबाही गरिने पनि कुवेत सरकारले जनाएको छ । स्पष्ट भन्नुपर्दा, अबदेखी कुवेतमा कुनै पनि विदेशी नागरिकहरु भिजिट भिसामा आई काम गर्न नपाउने र उनिहरुको भिजिट भिसा वर्किङ भिसामा परिवर्तन (कन्भर्ट) गराउन पनि नसकिने नयाँ प्रावधान जारी गरिएको छ ।   पढ्नेक्रम जारी राख्नुहोस्

यौनसम्पर्क गरिसकेपछि दिदीको मुन्टो बटारेर हत्या


रासस/सिन्धुलीमाढी, साउन १४ । हाडनाताकरणी गरी दिदीको हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२, नाङ्गेडाँडा निवासी एक युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मृतक गीता थापाको काकाको छोरा सीताराम थापा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक थापा दुई दिनअघि विष सेवन गरेर मृत अवस्थामा घरमा फेला परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्