कतार जेलमा २७ नेपाली


विभिन्न अभियोग लागेका २७ नेपालीले कतारको केन्द्रीय कारागारमा सजाय भोगिरहेका छन् । वैशाख २९ -मे ९) सम्म १६ नेपाली युवकले कारागार सजाय भोगिरहेकोमा यो संख्या बढेर अहिले २७ पुगेको नेपाली दूतावासले जनाएको छ । कारागारको विवरणअनुसार सबैभन्दा बढी चोरी मुद्दामा १३ नेपाली छन् । उनीहरूविरुद्ध मोबाइल, टेलिफोन केबुल, बिजुली तार, चामल, मृग र चोरीको सामान किनेको मुद्दा छ । उनीहरूलाई ३ वर्षको कारागार सजाय छ ।

रक्सीको खरिद-बिक्री, रक्सी पिएर गाडी चलाउने र रक्सी पिएर कुटपिट गरेको मुद्दामा ४ जनाले सजाय भोग्दै छन् । लागू पदार्थ कारोबारमा ४ जनालाई, बलात्कारमा ३ जनालाई, हत्या अभियोगमा २ जना र जाली नोटको कारोबारमा १ जनालाई अभियोग लागेको छ । दूतावासका अनुसार उनीहरूलाई १ वर्षदेखि १५ वर्षसम्मको कारागार सजाय छ । यहाँको कानुनले सजाय भुक्तान गरेपछि कैदीहरूलाई सिधै स्वदेश पठाइदिने गर्छ ।

कतारमा नेपालीको बढ्दो संस्थासँगै दूतावासका द्वितीय सचिव जयबहादुर राईले नेपालीलाई यहाँको कानुन, सामाजिक र धार्मिक मान्यतालाई सम्मान गर्दै काम गर्न आग्रह गरे । कतारमा ३ लाख ८ हजार नेपाली कार्यरत छन् । कारागारमा रहेका नेपालीसँग भेटघाट गरी उनले साबुन, सर्फ, टुथपेस्ट, टुथब्रस, भेस्ट र पत्रपत्रिका दिएका थिए ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.