३९ लाख विद्यार्थीलाई २ अर्ब छात्रवृत्ति


काठमाडौं, १० साउन

सरकारले १ देखि १० कक्षासम्म सामुदायिक विद्यालयमा अध्ययनरत करिब ३९ लाख विद्यार्थीलाई चालू आर्थिक वर्षमा २ अर्ब रुपैयाँ छात्रवृत्तिबापत वितरण गर्ने भएको छ । शिक्षा विभागका अनुसार कक्षा ८ सम्म अध्ययनरत २३ लाख छात्रासहित थप १६ लाख विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन मन्त्रालयले २ अर्ब रुपैयाँ छुट्ट्याएको हो ।

बजेटमा सरकारले सामुदायिक विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत सबै छात्रा, दलित, अपांग, लक्षित समूह र वर्गका  विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको थियो । बजेटमा उल्लेख भएअनुसार सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा तथा छात्रहरूलाई अवस्था र क्षेत्र निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराइने छ । विभागका अनुसार अपांगहरूलाई ४ समूहमा विभाजन गरी दुई तहमा संकलित तथ्यांकका आधारमा २ करोड रुपैयाँ वितरण गरिने छ । अपांग बिद्यार्थीहरूका लागि हिमाली र अन्य जिल्ला गरी दुई समूहमा विभाजित गरी छात्रवृत्ति रकम निर्धारण गरिएको छ । हिमाली जिल्लामा क वर्गमा सूचीकृत विद्यार्थीका लागि १० महिनालाई वर्ष मानेर मासिक १५ सय रुपैयाँ निर्धारण गरिएको छ । अन्य जिल्लाका लागि समान तहका अपांग विद्यार्थीलाई मासिक १३ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी ख, ग र घ वर्गमा सूचीकृत अपांग विद्यार्र्थीका लागि मासिक क्रमशः ५ र ३ सय निर्धारण गरिएको छ भने घ वर्गका लागि मासिक ५० रुपैयाँ निर्धारण गरिएको छ ।

कक्षा १ देखि ८ सम्म अध्ययनरत २३ लाख छात्राका लागि दुई समूहमा विभाजन गरी १० महिनाको वर्ष मानेर मासिक ४ र ३ सय निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराइने भएको छ । कर्णाली अञ्चलका ५ जिल्लासहित अन्य १० जिल्लाका विद्यार्थीका लागि विशेष छात्रवृत्ति सेवा उपलब्ध गराइने भएको छ ।

सबै दलित र अपांग विद्यार्थीले छात्रवृत्ति पाउने मन्त्रालयले जनाएको छ । छात्रवृत्तिमा हुनसक्ने अनियमिततालाई पारदर्शी बनाउन मन्त्रालयले “छात्रा छात्रवृत्ति वितरण निर्देशिका” तयार गरेको मन्त्रालय योजना शाखाका प्रमुख हरि लम्सालले बताए । उनले भने, “मन्त्रालयले नियम बनाएर छात्रवृत्ति वितरण गर्न निर्देशिका बनाएको हो ।” सरकारी विद्यालयमा अध्यानरत विद्यार्थीको शैक्षिक अवस्थामा सुधार ल्याउन सरकारले यस वर्षदेखि छात्रवृत्ति रकममा वृद्धि गरेको मन्त्रालयले जनाएको छ । यसअघि दलित, अपांग र जेहेन्दार विद्यार्थीलाई मात्र छात्रवृत्ति उपलब्ध गराउन वार्षिक २ करोड रुपैयाँ बजेट छुट्ट्याउँदै आएको भए पनि यसवर्ष बजेटमा घोषणा भए अनुसार लक्षित वर्गका ३९ लाख विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन मन्त्रालयले २ अर्ब रुपैयाँ छुट्ट्याएको विभागले जनाएको छ । विभागका अनुसार ३३ हजार १ सय ६० विद्यालयमा करिब ६५ लाख विद्यार्र्थी अध्यनरत छन् ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.