मुम्बई आक्रमणमा संलग्नताको अभियोगमा एक नेपाली पक्राउ


११ साउन, काठमाडौं । मुम्बईमा दुई साताअघि भएको आक्रमणमा संलग्नताको आशंकामा प्रहरीले एक नेपालीलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार आक्रमणमा संलग्न एक व्यक्तिको मोबाइलमा नेपाली नागरिक मोहम्मद जाहिदको मोबाइल नंवरबाट म्यासेज र फोन गएको फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

भारतीय दूतावासले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले जाहिदलाई ठहिटीबाट नियन्त्रणमा लिएको हो । उनलाई अहिले सार्वजनिक अपराधको अभियोग लगाएर हनुमानढोकामा राखिएको छ । पक्राउ परेका ४० बर्षीय जाहिदले भने आफ्नो फोन अर्कैले प्रयोग गरेको दाबी गरेका छन् ।

जाहिद काठमाडौंमा कपडामा बुट्टा भर्ने काम गर्दै आएका छन् । प्रहरीले जाहिदलाई मुम्बईबाट आएको फोन र म्यासेजमा के थियो भन्ने स्पष्ट नभएको बताएको छ । भारतबाट काम खोज्दै आएको एक व्यक्तिले आफ्नो मोबाइल प्रयोग गरेको जाहिदले प्रहरीलाई बताएका छन् । मुम्बईका तीन स्थानमा दुई साताअघि भएको आतंकवादी आक्रमणमा २४ जनाको मृत्यु भएको थियो ।

Posted by: Jay Ale

Source: N-samuha

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.