मिस नेपाल २०११ को आवेदन अनलाइनबाट मात्र


११ साउन, काठमाडौं । मिस नेपाल २०११ को आवेदन खुलेको छ । गत बिहीबारदेखि मिस नेपालको आधिकारिक वेबसाइटबाट फर्म खुला गरिएको हो । यसपटक मुख्य प्रायोजक नै परिवर्तन गरेकाले आवेदन अनलाइनबाट मात्र लिन पाइने आयोजक गेहेन्द्रमान राजवंशीले बताए ।

दि हिडेन ट्रेजरले आयोजना गर्ने प्रतियोगितामा १९ देखि २५ वर्षका नेपाली अविवाहित युवतीले सहभागी हुन पाउने छन् । कम्तीमा पनि प्लस टु सिध्याएका ५ फिट ४ इन्चका युवतीलाई मात्र आवेदन भर्न आयोजकले अनुरोध गरेका छन्।

अन्तिम प्रतियोगितामा केबल २० प्रतियोगीलाई सहभागी गराइने छ । प्रतियोगिताको फाइनल आगामी भदौ १३ मा आर्मी अफिसर्स क्लबमा हुने छ । फर्म बुझाउने अन्तिम मिति साउन १८ सम्म तोकिएको छ । अनलाइन फर्म डाउनलोड http://missnepal.com.np मा गर्न सकिने छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.