दोहा आएको चार दिनमै दूतावासको शरणमा


– प्रेम स्याङतान तामाङ

दोहा (कतार)- वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रुपमा दोहा आएकी मोरङ्ग, डाँगीयन ५ की  २२ वार्षिया वाल कुमारी वि.क. चार दिनमा नेपाली दूतावासको शरणमा आईपुगेकी छिन् । गाउँ नजिकैको स्थानिय एजेन्ट रतन वि.क. र मनोज वि.क. ले निकालिएको घरेलु कामदारको भिषामा आएकी कुमारी वि.क. वह्रा दिन ईन्डियाको मुम्वईमा वसेर दोहा आएको वताईन् । उनीसँगै अरु दुईजना  जना चेली पनि साथै आएको वताईन् । एजेन्टको विश्वासमा पछि पैसा कमाएर तिर्नु पर्ने भन्दै आउँदा कुनै पनि पैसा नलिएको पनि वताईन् । कतारी ७ सय तलव र केही ओभर टाईमको विश्वास र लोभमा परेर आएको तर घरमा आउँदैको दिन देखि नराम्रो ब्यवहार गरेको वताईन् ।

खाना पनि नदिने र वोलीवचन पनि राम्रो नगर्ने, हप्काउने गरेकोले उनले घरमा ३ दिन काम गरेर चार दिनको दिनमा नेपाली नियोग आईपुगेकी वताईन् । साउदी अरवको भिषामा कुवेत सम्म पुगेर अढाई वर्ष घरेलु कामदारको रुपमा काम गरी नेपाल फर्केका वि.क पुनः दोहामा घरेलु कामदारकै रुपमा आएकी हुन् । यहाँ आएर दुःख पाईयो वरु कुवेतमा नै राम्रो थियो भन्दै थिईन् ।

हालै मात्र सरकारले मध्यपूर्वको खाडी देशहरुमा घरेलु कामदारको रुपमा खुल्ला निति नियम ल्याएपनि नेपालको एर्पोट प्रयोग नगरी भारतको मुम्वाईवाट आएकी हुन् । साधारण लेखपढ गर्ने सक्ने उनीलाई प्रश्न गर्दा एजेन्टले मुम्वाईवाट राम्रो हुन्छ भनेर मुम्वाईवाट पठाएको वताईन् । पहिला पनि ईन्डियकैवाटोगरी साउदी गएकोले राम्रो हुन्छ भने पछि विश्वास गरेर आएको हो । नेपालको एरर्पोटवाट आँउदा धेरै पैसा लाग्ने, श्रम गर्नुपर्ने र जिवन विमा गर्नु पर्ने भएकोले असजिलो हुने भएकोले मुम्वईवाट सजिलो हुने वताएपछि  उनी मुम्वईवाट अरु दुई नेपाली चेली सहित आएकी हुन् । उनका साथ आएका दुई नेपाली चेली पनि घरेलु कामदारको रुपमा आएको वताईन् । अव कुनै पनि देशमा घरेलु कामदारको रुपमा नजाने र नेपाल फर्केर नेपालमा नै केही काम गर्नुका साथै नेपाली दिदीवहिनीरुलाई घरेलु कामदारको रुपमा भन्दा कुनै कम्पनीको काममा जाँदा राम्रो हुने कुराको जानकारी हुनुपर्ने रहेछ भन्ने कुराको ज्ञान भएकोले गाउँघरमा यसको प्रचार प्रसारमा सहयोगको भूमिका निर्वाह  गर्ने पनि वताईन् । घरमा श्रीमान र एक छोरी रहेको वि.काले भने काम गर्न आएको चार दिनमामा नियोगको शरणमा आईपुग्न वाध्य भएकी छु । खै !अव  नेपाल कसरी फर्कने होला ? साथमा एक रियाल पनि छैन् । खाने पैसा पनि छैन प्लेन टिकट र वाटो खर्चको समस्याको त के कुरा  । दूतावासमा आईपुगेको छु समस्या समाधान होला कि भन्ने ठूलो आशा गरेकी छु । दोहास्थित विभिन्न सामाजिक संघ संस्थालाई टिकट र आर्थिक सहयोगको लागि याचना समेत गरेकी छिन् ।

 नेपाली नियोगद्धारा पाँच चेलीको उद्धार

 वैदेशिक रोजगरको सिलसिलामा दोहास्थित एक स्कुलमा क्लिनिङ्ग काम गर्दे आएका पाँच नेपाली चेलीहरु नेपाली नियोगमा मंगलवार जुन २८ तारिख देखि नियोगको शरणमा रहँदै आएकी थिईन् । पाँचै जना एउटै स्कुलमा क्लिनिङ्ग  सम्वन्धि काम गर्दे आएको पिडीतहरुले जानकारी दिएको थिईन् । उनीहरु विहान ५वजे देखि  स्कूलको काम सकेपछि वेलुका १२ वजे सम्म पनि घरको क्लिनिङ्ग काम गर्नु पर्ने, तलव पनि समय नदिने र काम पनि गाह्रो भएकोले उनीहरु पाँचै जनाले सल्लाह गरी कम्पनी छोडेर दूतावासमा आएकी हुन्  ।

भिन्न भिन्नै समयमा दोहा आईपुगेकी ति पिडीत नेपाली चेलीहरुको भनाई अनुसार २ महिनाको तलव नपाएको र काम धेरै लगाउने समयमा तलव नदिएको समस्याले गर्दा उनीहरु कम्पनी छाडेर नियोगको शरणमा आएको वताएकी थिईन । यसरी पिडीत भएर नियोगमा आएकी नेपाली चेलीहरुमा  ईलाम, श्रीअन्तु ६, की २५ वर्षिया रचना राई र झापा वाहुनडाँगी ८,की ३० वर्षिया गोमा मगर यि दुई चेली एकैसाथ नेपालका स्थानिय एजेन्ट मकवानपुरका सुक लाल तामाङलाई  टिकट र श्रम गरिदिए वातप नेपाली रु ३४ हजार दिएर चौध महिना अघि दोहामा आएकी हुन् । वह्र महिनाको तलव पाए । अव २ महिनाको लिन वाँकी छ पिडीत चेलीलेको भनाई थियो  ।  त्यसैगरी, पाँचथर, लुङ्गलुपा ५,की २० वर्षिया गीता राईले पनि दोहाकै स्थानिय एजेन्ट वल वहादुर भन्नेलाई टिकटको मात्र पैसा दिएर दोहा आएको वताईन् ।

उनी भने दाईले चिनेको एजेन्ट मार्फत आएको वताईन् । ७ साय कतारी रियाल तलवका साथै खाना वस्ने सुविधा र ओभरटाईम पाईन्छ भन्ने आश्वासनमा आएकी राईले भने ६ सय सुक्ख तलवमा सोही स्कूल र घरको काम गरेर २२ महिना विताएकी हुन् । नवलपारसी, वर्दघाट वर्डा नं ८, की २१, वर्षिया पमद कुमारी कुँवर र सिन्धुपाल्चोक, वह्राविसे  वर्डा नं २,की २२ वर्षिया देउकी थापा काठमाण्डौ स्थित सिग्मा म्यानपावर कम्पनीको एजेन्ट जनक पाण्डे र रत्न क्षेत्रीलाई  जनही ७० हजारका दरले दिएर ३१ महिना अघि दोहा आएकी हुन् । पिडीत चेलीहरुलाई नेपाली नियोग दोहाद्धारा उद्धार गरिसकेका छन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.