ओमान नेपाली एकता समाजको कार्यकर्ता भेला सम्पन्न


शालिकराम आचार्य, मस्कट, ओमान

नेपाली एकता समाज समाज ओमानको कार्यकर्ता भेला २२ जुलाई २०११ का दिन, सम्पन्न भएको छ । उक्त भेलाको अध्यक्षता टंक प्रशाद खत्रीले गर्नुभयको थियो भने भिमलाल गिरिले संचालन गर्नुभएको थियो । प्रमुख अतिथिमा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष शोभाकान्त लामीछाने, ओमान नेपाली एकता समाज केन्द्रिय समितिका उपाध्यक्ष संजय के.सी., ओमान नेपाली एकता समाज केन्द्रिय समितिका माहासचिब शालिकराम आचार्य, ओमान नेपाली एकता समाज केन्द्रिय समितिका कोषाध्यक्ष विष्णु अर्याल, ओमान नेपाली एकता समाज केन्द्रिय समितिका सचिब धन बहादुर क्षेत्री, सिर्जनसिल सांस्कृतिक परिवारका अध्यक्ष तथा ओमान नेपाली एकता समाज केन्द्रिय समितिका का सहसचिब सिबलाल गिरि तथा एरिया समितिका पधाधीकारीहरु रहनु भएको थियो ।

उक्त भेलामा ओमान नेपाली एकता समाज तथा सिर्जनसिल सांस्कृतिक परिवारको सामुहिक पहलमा हरितालिका तिज २०६८ को सुभकामना कार्यक्रम गर्ने घोषणा गरेको छ । उक्त कार्यक्रमको लागि १७ सदस्य कार्यक्रम तयारी समिति तोकेको छ । २०६८ को तीज कार्यक्रम गर्ने भएकोमा ओमान नेपाली एकता समाजप्रति आस्था र बिस्वाश राखने सम्पूर्ण नेपाली मजदुरहरुले स्वागत गरेका छन साथै ओमान नेपाली एकता समाजले जस प्रकार गरिब नेपालीहरुको लागि हर प्रकारको सहयोग गरेका छन । त्यो चाही नेपालीहरुलाई नेपालबाट झुटा आस्वस्बासन तथा दलालहरुबाट ठगिएका नेपालीहरुको उद्धार गर्ने क्रममानै लागिपरेको देख्दानै ओमान नेपाली एकता समाजलाई सबैले माया गरेको जानकारी दिंदै विभिन्न प्रकारका समस्याहरुमा लागि रहेकोले आफुहरु ओमान नेपाली एकता समाजको सुभचिन्तक भएको मजदूर नेपालीहरुले जहिर गरे ।

एरिया समिति तथा केन्द्रिय समितिका मातहतमा पर्ने नेपालीहरुले उक्त भेलामा उपस्थीती जनाएका थिए उक्त भेलाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अबसर परि २०६८ को हरितालिका तीज कार्यक्रम गर्ने भएकोमा नेपालीहरु हर्षित दर्शाउदै ओमानमा पहिलो पटक एस प्रकार तीजको कार्यक्रम हुने बताएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष शोभाकान्त लामिछानेले ओमान लगायत खाडीका सम्पूर्ण देशमा नेपालीहरुको समस्याको जानकारी दिंदै विभिन्न प्रकारका समस्याहरुमा मुछिएका नेपालीहरुको हक र हितका लागि काम गर्दै आएको र सधै मजदूरहरुको हक अधिकारको लागि अझै तिब्र गतिमा बढ्नु परेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा ओमानबासी नेपालीहरुलाई आगामी तीज कार्यक्रममा उप्स्थिति भईदिनको लागि अपील गरिएको थियो जो यस प्रकार छ:

नेपाली दाजुभाई दिदीबहिनीहरु हाम्रो देश नेपालको परम्परा अनुसार हरितालिका तिज विवाहित अविवाहित सम्पूर्ण महिला दिदीबहिनीहरुको खास पर्ब मानिन्छ, भन्नुपर्दा नेपाली महिलाको सबैभन्दा ठुलो पर्ब भनेर पनि तिजलाईनै मानिन्छ, सोहि तिजको अबसरमा हामी हाम्रो देश नेपाल छोडेर खाडीमुलुक ओमानमा रहेतापनि हाम्रा रितिरिवाज र परम्परालाई सम्झदै साथै नेपाल पर्यटन वर्ष २०११ लाई टेवा पुराऊँ भन्ने उद्स्यको साथ ओमान नेपाली एकता समाज र सिर्जनसिल सांस्कृतिक परिवारले तीज २०६८ को पावन अवशरमा तीजको कार्यक्रम पस्कन गईरहेको छ ।

हाम्रा आमा बुबा दाजुभाई ले आफ्ना चेलीबेटी हरुलाई लिनगई निम्तोगरी या अन्य कुनै जरियाले एकैठाउमा जम्मागरी एक आपसमा सुःखदु:खका कुरा आदान प्रदानगरी बभिन्न बाधा अड्चनहरुलाई भुली नाचगान गरी रमाइलो संग मनाउने चलन भएकोले नेपाली भाषा संस्कृति र सभ्यतालाई आत्मसात गर्दै नेपाली चेलीबेटीहरुले परम्परादेखि बर्ष भरिनै भरिएका दु:खबेदनालाई तिजगितबाट बाड्ने र आपसमा रमाउने प्रचलन अनुसार ओमानमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको बिचमा तीजलाई सामुहिकरुपमा मनाउने मौका ओमान नेपाली एकता समाजले प्रदान गर्दैछ परम्परा अनुसार दिदीबहिनीहरुलाई घरदैलोमा लिन जाने प्रचलन भएतापनि यस खाडी मुलुक ओमानमा त्यो कुरा सम्भव नहुनाले हामी यसै अपिलद्वारा निम्तो गर्दछौँ । उक्त सामुहिक तिजी कार्यक्रमलाई सफलपार्नको निमित्त ओमानस्थित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई नैतिक र भौतिक रुपले सहयोगका साथ सक्रिय उपस्थितका लागि ओमान नेपाली एकता समाज तथा सिर्जनसिल सांस्कृतिक परिवार हार्दिक अपिल गर्दछौँ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.