युवतीको गुप्तांग छाम्ने युवकको गालामा चप्पलको बर्षा


रुपन्देही । सार्वजनिक यातायातमा यात्रा गरिरहेका दुई युवतीले एक युवकको गालामा चप्पलले हिर्काएका छन् । आफु यात्रा गरिरहेको बसबाट ओर्लन लाग्दा ती युवकले युवतीको गुप्तांग (संवेदनशील अंग) छामेकाले गालामा चप्पलले हानेर त्यस युवकलाई सबक सिकाएको ती युवतीहरुको भनाई छ । घटना गत मंगलबारको हो ।

उनिहरु भैरहवा रुटमा बसमा यात्रा गरिरहेका थिए । बसबाट ओर्लन लाग्दा ति युवकले नम्रता (नाम परिवर्तित) को गुप्तांग छामिदिएपछि तत्कालै उनिहरुले त्यस युवकको गालामा चप्पलले हिर्काएका थिए । गुप्ताङ्ग छाम्ने २७ वर्षीय युवकलाई ती युवतीले  घटनास्थलमैं चप्पल हिर्काएका थिए । आफ्नो नाम देवेन्द्र बताउने ती युवकले अबदेखि यस्तो काम नगर्ने वाचा गरेपछि स्थानीयले उनलाई जान दिएका थिए ।

भनिन्छ, ती उच्छृंखल युवक यस अघि पनि लुम्बिनी जाने बसमा साँझको बेला अन्य महिलासँग दुव्र्यवहार गरेका थिए । सार्वजनिक यातायातमा धक्का दिने र महिलाप्रति वक्रदृष्टि राख्ने उच्छृंखल व्यक्तिहरुको संख्या केही दिन यता भैरहवामा बढेकोमा स्थानीय वासिन्दाहरुले चिन्ता व्यक्त गर्दै सार्वजनिक स्थलमा महिलाको सुरक्षा गर्न सुरक्षाकर्मीहरुको ध्यानाकर्षण गराएका छन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.