Daily Archives: 26/07/2011

युवतीको गुप्तांग छाम्ने युवकको गालामा चप्पलको बर्षा


रुपन्देही । सार्वजनिक यातायातमा यात्रा गरिरहेका दुई युवतीले एक युवकको गालामा चप्पलले हिर्काएका छन् । आफु यात्रा गरिरहेको बसबाट ओर्लन लाग्दा ती युवकले युवतीको गुप्तांग (संवेदनशील अंग) छामेकाले गालामा चप्पलले हानेर त्यस युवकलाई सबक सिकाएको ती युवतीहरुको भनाई छ । घटना गत मंगलबारको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

१८ वर्षिय बम बहादुरका ५ वटी पत्‍नी


जनक केसी/जाजरकोट । नेपालको कानुनले विवाहका लागि केटाको हकमा २० वर्ष उमेर तोकेको छ । तर, १८ वर्ष मात्र पुगेका झाप्रा-१, फुम्नाका बमबहादुर वादीका पत्नी नै ५ वटी छन् । १३ वर्षको उमेरमा ७ कक्षामा पढ्दापढ्दै पहिलो विवाह गरे उनले । त्यसपछि पढ्न पनि छोडिदिए । त्यो २०६३ सालको कुरा हो । पहिलो पत्नी संगीता वादी अहिले १८ वर्षकी मात्र भइन् । ५ वर्षको अवधिमै उनले थप ४ पत्नी ल्याए । पढ्नेक्रम जारी राख्नुहोस्

अजय देवगनको फिल्म छाडेर एसपी खरेलको कार्यक्रममा सर्वसाधारण


पर्सा साउन १० पर्सामा सरुवा भएर आएको एक महिनामै प्रहरी उपरिक्षक रमेश खरेल यस क्षेत्रमा लोकप्रिय भएका छन् । उनको उपस्थितिले जिल्लामा संचालन हुने कार्यक्रमहरुको रौनक बढ्न थालेको छ । उनलाई हेर्न कै लागि मात्र पनि सर्वसाधरण उनी जाने कार्यक्रमा आउन थालेका छन् । अजय देवगन अभिनित फिल्म ‘सिंघम’ हेर्न आएका दर्शक सिनेमाहल छाडेर सोमबार वीरगन्ज छपकैयास्थित सामुदायिक सेवा केन्द्रतिर सोझिए । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा नेपाली महिलाद्वारा आत्महत्या


मलेसियामा एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । नेपालको स्थायी ठेगाना सिन्धुपाल्चोक भएकी अन्दाजी ३५ वर्षीया शर्मिला गोलेले गत आइतबार आत्महत्या गरेकी हुन । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै निलाइमा रहेको एक कम्पनीमा प्याकेजिङ सेक्टरमा कार्यरत गोलेले सहकर्मी कामका गएको समयमा कम्पनीको होस्टलमा रहेको बाथरुमको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

छोराबुहारीको कुटाईबाट कांग्रेस नेता घाइते


रुकुम, साउन १० । छोराबुहारीको निर्घात कुटाईबाट कांग्रेस नेता घाइते भएका छन् । परिवारवाट अलग भएको १० बर्षपछि अंश माग्दै छोरा बुहारीको निर्घात कुटाईबाट रुकुमको मुरु गाविस ५ का ५३ वर्षीय वीरबहादुर खड्कालाई उनका जेठा छोरा नरेन्द्र खडका र बुहारी शकुन्तलाले कुटपिट गरी घाइते बनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्