काभ्रे, श्रावण ८ – जनआन्दोलन-२ का घाइते मुकेश कायस्थलाई जिउँदो सहिद घोषणा गर्नुपर्ने उनका परिवारले सरकारसमक्ष आफ्ना माग राखिरहेको अवस्थामा प्रधानमन्त्री झलनाथ खनालले उनलाई सरकारले जिउँदो सहिद मानेको बताएका छन ।मुकेशको स्वास्थ्य अवस्था बुझ्नको लागि आइतवार बिहान उनको घर आइपुगेका खनालले ‘मुकेश जिउँदो सहिद र आन्दोलनका प्रेरणाका स्रोत’ भएको बताउँदै सरकारले उनीको लागि केही गर्ने आश्वासन समेत परिवारलाई दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/07/2011
पाँच महिला र एक पुरुषको शव कुवेतमा ‘बेबारिस’
– देवेन्द्र भट्टराई
काठमाडौ, श्रावण ७ – एक बर्षभन्दा लामो समयदेखि कुवेतमा अलपत्र अवस्थामा रहेका छ जना नेपालीको शव घर फिर्ता पठाउन अन्तिम ‘पहिचान र जिम्मेवारी’को काम थालिएको छ । कुवेतस्थित दुतावासले यी नेपालीहरुको शवसँग उनीहरुको पासपोर्ट आधारको ‘पहिचान-आधार’ मिल्छ/मिल्दैन भनी सम्बन्धीत आफन्तजन मार्फत जानकारी झिकाउन परराष्ट्रलाई आग्रह गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सुब्बाजीहरुलाई प्रश्न- तिमी लिम्बू कि सुब्बा?
–मिलन लिम्बू
आजभोलि कुन्नि किन म लिम्बूहरुले सुब्बा थर लेखिरहेको देख्न पाइरहेको छु। कि म भ्रममा पो परेको? सोच्न पनि बाध्य भइरहेको छु। सुब्बा थर उत्पति भएको हो? तर त्यो त ममा उत्पन्न भएका भ्रम मात्र त रहेछ। नामको पछाडि सुब्बा लेख्नेहरुलाई पनि सोधेको छु। सुब्बा थर नयाँ उत्पति भएको थर हो? उत्तरमा पाउँछु सुब्बा त लेखेको मात्र हुँ म त लिम्बू नै हो। अर्को प्रश्न गर्छु, हालै सम्पन्न भएको जनगणनामा थर के लेख्नु भो नि? कति सहज। सुब्बा लेख्दै आएको थिएँ, सुब्बा नै लेखेँ। अविकसित क्षेत्रमा जन्मेका अशिक्षित व्यक्तिको उत्तर भने होइन यो। यो त शिक्षित बुद्धिजिवि भनिएका शहरमा आफ्ना परिचय गुमाएर बसेका कथित लिम्बू भनिएका सुब्बाहरुको उत्तर हो यो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श