“विश्वकप यात्रा” जोर्डनसँग नेपालको लज्जास्पद हार, ९-० को अन्तर


८ साउन । विश्वकप फुटबल अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा कम्तिमा बराबरीको लक्ष्य लिएको नेपाल अन्ततः जोर्डनसंग नौ सून्यको भारी गोल अन्तरले पराजित हुन पुगेको छ ।

पराजय सगै नेपालको तेस्रो चरण प्रवेश गर्ने सम्भावना समेत न्यून बनेको छ । विश्व वरियातामा चौरासीयौं स्थानमा रहेको जोर्डनसंग उसकै घरेलु मैदान अम्मान अन्तराष्ट्रिय रंगशालामा नेपाल शनिबार राती नौ सून्यले स्तब्ध भएको हो ।

ठूलो अन्तरको पराजयका कारण नेपालले जोर्डन सगंको होम खेल आउदो १२ गते नेपालको दशरथ रंगशालामा खेल्दा कम्तीमा १० गोल अन्तरको जित आबश्यक छ । घरेलु मैदानमा नेपाली टोलीलाईस्तब्ध पार्ने क्रममा जोर्डनका महम्मद हसनले ह्याट्रिक पूरा गर्दै चार गोलको योगदान दिएका थिए भने अमर खालिल र हमद हायलले समान दुई दुई गोलको योगदान दिए ।

त्यस्तै थप एक गोल अल्लाह देवले गरे । नेपालका गोलरक्षक किरण चेम्जोङले जोर्डनका दुई कडा प्रहार जोगाएका थिए । अब यी दुई विचको दास्रो लेग आउदो बिहीबार नेपालमा हुनेछ । यसअघि नेपालले छनोट खेलको पहिलो चरणमा इष्ट टिमोरलाई हराएर दोस्रो चरणको यात्रा पक्का पारेको थियो ।

Posted by: Jay Ale

Source: Solidarity

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.