लालीगुराँस परिवारको वार्षिकोत्सवमा मृतक नेपालीको परिवारलाई आर्थिक सहयोग जुट्यो


ईन्द्र भूषाल, कुवेत

नेपालको वर्तमान परिवेश हेर्दा नेपालीहरु कल-झगडा गर्न मात्र जान्दा रहेछन भन्ने सन्देश विश्वभरी फैलिरहेको अवस्थामा प्रवासमा भने नेपालीहरु पीडित नेपालीको सहयोगको लागि एकै वाक्यमा सहयोग गर्न तयार भएका छन । कुनै नेपालीलाई परेको चोटमा अब सबै मिलेर मलमपट्टी लगाउनुपर्छ भन्ने कुरामा विवाद देखिंदैन ।

जसका ज्वलन्त उदाहरण हुन.. कुवेतको अस्पतालमा छट्पटिरहेकी मन्दिका परियारलाई जन-जाग्रिती युवा समाजले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको वार्षिक बनभोज कार्यक्रमको अबसर पारेर संकलन गरेको आर्थिक सहयोग, फेरी समाजले शान्तीमाया दोङको लागि प्रस्तुत गरेको च्यारिटी शो, लालीगुराँसको दोस्रो सांगितिक प्रस्तुतिमा रुपन्देही नेपालमा क्यान्सर पीडित नारी खेमकला बसौलाको जीबन रक्षाको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव लगायत सम्पूर्ण कुवेतवासी नेपालीहरुले गरेको आर्थिक सहयोग । साथै, यस्ता कयौं सहयोगहरु पीडित पक्षको लागि कुवेतवासी नेपालीहरुले जुटाउँदै आईरहेका छन । जसलाई एक सभ्य समाज र मानवताको आधारमा अतिनै सुखद पक्षको रुपमा लिना सकिन्छ ।

यसैगरी २२ जुलाई २०११ का दिन, लालीगुराँस साँस्कृतिक परिवारको प्रथम वार्षिक उत्सवको अवसरमा पनि कुवेतवासी प्रवासी नेपालीहरुले अर्को पीडित नेपालीलाई आर्थिक सहयोग गरेर सहयोगी नेपालीहरुको पहिचानलाई दिगो राखेका छन । करिब ४५ दिन पहिला उज्जवल भविष्यको सपना बोकेर कुवेत आई KGL कम्पनिमा ड्राइभरको रुपमा काम गर्दै आउनु भएका झापा जिल्ला, धाइजन-६ स्थायी घर भएका ३७ बर्षिय सन्तोष भुजेल (फोटोमा) को यही जुलाई-०३ तारिकका दिन बेलुकीको ११.३० बजे हृदयघात (हर्ट अट्याक्ट) को कारण अल्पायुमै अकल्पनिय मृत्‍यु भएको थियो । उहाँको पार्थिव शरीर नेपाल पुगेपनी उहाँका टुहुरा छोराछोरी अनी बेसहारा अबला श्रीमतीको सहयोगको लागि पत्रकार बालकृष्ण घिमिरे ज्युको आग्रहमा लालीगुराँसको कार्यक्रमको मञ्च बाटै सहयोगको लागि अपिल गर्दा केही समय भित्रै के.डी ७१ (ने.रु १८,००० करिब) आर्थिक सहयोग संकलन गर्न हामी सफल भएका छौं ।

उपस्थित नेपालीहरु, साँस्कृतिक परिवारका सदस्यहरु र अतिथिहरुबाट छोटो समयमानै यो रकम उठाउन सकिएकोमा सहयोगको लागि अगाडि बढ्नु भएका मित्र बालकृष्ण घिमिरे अतिनै खुशी देखिनु भएको थियो भनें म स्वयं पनि हर्षित भएं । मर्ने मरेर गए पनी बाँच्नेले भोग्नुपर्ने आर्थिक एवं सामाजिक समस्यालाई यसरी नै हामीले केही हदसम्म भए पनी सुधार गर्न सकिंदो रहेछ भन्ने फेरी प्रमाणित भएको छ । कुवेतमा उठेको रकम सम्बन्धित पीडित पक्षकोमा सजिलै उपलब्ध हुनेछ भन्ने समेत हामी आशा गर्दछौं ।

यदी कुनै पनि सँघ-संस्था या व्यक्तिहरुले मृतकको परिवारलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भनें निम्न ब्यक्तिहरुलाई संपर्क गर्न समेत कुवेत नेपाल डटकम अनुरोध गर्दछ ।

बालकृष्ण घिमिरे, KGL मिनअब्दुल्ला – फोन ६५१७९५०९, ददीराम श्रेष्ठ, KGL मिनअब्दुल्ला – फोन, ५५०९२०४५ र ९९२०९४१२

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.