प्रेम वली, नेपाल
नदी:
दिन रात सधैं निरन्तर बगिरहन्छ । न कुनै थकावट छ, न कुनै रोकावट छ । सुगन्ध फाले पनि दुर्गन्ध हाले पनि बिपक्ष दलको जस्तो न कुनै आपत्ति छ न कुनै असतुष्ट सभासद्को जस्तो नियापत्ती छ । जे फाले पनि यसले सहर्ष सुकारेर लैजान्छ । यसमा पनि सजिबको जस्तो गती र शक्ती छ । तर मान्छे प्रती कुनै गुनासो छैन ।
बृक्ष:
यो पनि बकुल्ला भक्तमा एक खुट्टाले उभिरहन्छ । बकुल्ला केही पाउनलाई भक्ती गर्छ । तर बृक्षले केही लिनलाई भन्दा पनि दिनलाई उभि राखेको हुन्छ । यस्ले चराचुरुङ्गी, किट्पतङ, जिबजन्तु देखी मान्छे समेत सबैलाई गासबास, छहारी, काठपात दिन खुल्ला रुपमा निम्तो गरिराखेको हुन्छ । जसले जती भोगे पनि, जस्ले जे जती लगे पनि यस्को कतै उजुरी हुँदैन ।
पहाड:
हिउँ झरे पनि, पानी परे पनि, घाम लागे पनि, जून जागे पनि, दिन ढले पनि, हुरी चले पनि, आगोमा जले पनि एउटा चिर ध्यान बसेको ऋशी जस्तो चुपचाप बसी राखेको छ । यसमा कुनै पिडा, हतास, क्रोध छैन । हामीले यसको छातीमा बम पड्काएर तालु ताच्दै, शिर फोर्दै चिप्लेन बाटो बनाउँदा पनि, गाडी, घोंडा कुदाउँदा पनि धैर्यता र सहनशिलता देखाउँदै ध्यान मग्न छ । मनुष्यका लागी एउटा जादुकर बाबाले जस्तै अमुल्य धातुहरु आफ्नो कोखाहरुमा लुकाउँदै बेलाबेला दिने गरेको छ । हामीले यसको आन्द्राभुँडी निकाल्दा पनि कुनै ऐया आथु छैन ।
मान्छे:
सृष्टिको उत्कृष्ट प्राणी मान्छे, हरेक कुरो सिक्नेमा निपुण मान्छे । यस सृस्टिका सबै प्राणिका गुरु प्रकृती (जस्तै पहाड, नदी, बोटबृक्ष) । यसले हामीलाई हरेक पल हरेक कुरो सिकाइ राखेको हुन्छ । बृक्षको सहयोगी भावना र उदारता नदीले अटुट परिश्रम, पहाडले धैर्यता र सहनशिलता सिकाइ राखेको भए पनि हामीले लेखनाथ पौड्यालले लेखेको जस्तो मै खाउँ, मै लाउँ, मै बाँचु अरु सबै मरी जाउन भन्ने प्रबृती देखाइ राखेका छौ । हामीमा धैर्यता, सहनशिलता र उदारता पनि पाउन मुस्किल छ । सानो काँडाले घोंच्दा पनि चिच्चाहाट छ । सानो समस्या तिललाई पहाड बनाएको छ । अरुको कम्जोरी ठुलो पहाड बनाउने । आफ्नो कमजोरिलाई लुकाउने प्रबृती हाबि छ । ढाँट्ने, छल्ने, ठग्ने, लुट्ने, चुट्ने र कुट्ने प्रबृती बढ्दै गएको छ । हाम्रो प्रकृतिलाई हामीले बुझ्यौं भने अबश्य सुखशान्ती र चैन आउन सक्छ भन्ने कुरोलाई मनन गर्दै आज आफ्नो बेग्लै भावनाहरु यहाँहरुलाई पस्कने जमर्को गरें ।
धन्यवाद ! जय काउकुती !!
Posted by: Jay Ale