Daily Archives: 24/07/2011

रमज़ान पर्वको शुभकामना !!


केदारनाथ खरेल, कुवेत

मुस्लिमहरुको महान पर्व रमज़ान इस्लामी क्यालेण्डर अनुसार नवौं महिनामा पर्छ । यस पर्वमा एक महिनासम्म अल्लाहको लागि रोजा(ब्रत) राखिन्छ । जब मुहम्मद सल्लल्लाहु अलैही व सल्लमलाई धर्मका खातिर दुश्मनहरुले अत्यधिक सताउन थाले पछि वहाँ र वहाँका अनुयायी समेत मक्काबाट मदिना तर्फ हिजरत (प्रस्थान) गरेर गएको दुई बर्ष पछि देखि लागु भएको हो भन्ने प्रमाण कुरआनबाट प्रष्ट हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

“विश्वकप यात्रा” जोर्डनसँग नेपालको लज्जास्पद हार, ९-० को अन्तर


८ साउन । विश्वकप फुटबल अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा कम्तिमा बराबरीको लक्ष्य लिएको नेपाल अन्ततः जोर्डनसंग नौ सून्यको भारी गोल अन्तरले पराजित हुन पुगेको छ ।

पराजय सगै नेपालको तेस्रो चरण प्रवेश गर्ने सम्भावना समेत न्यून बनेको छ । विश्व वरियातामा चौरासीयौं स्थानमा रहेको जोर्डनसंग उसकै घरेलु मैदान अम्मान अन्तराष्ट्रिय रंगशालामा नेपाल शनिबार राती नौ सून्यले स्तब्ध भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रकृती र मान्छे (ब्यङ्ग्यबन्ध)


प्रेम वली, नेपाल



नदी:

दिन रात सधैं निरन्तर बगिरहन्छ । न कुनै थकावट छ, न कुनै रोकावट छ । सुगन्ध फाले पनि दुर्गन्ध हाले पनि बिपक्ष दलको जस्तो न कुनै आपत्ति छ न कुनै असतुष्ट सभासद्को जस्तो नियापत्ती छ । जे फाले पनि यसले सहर्ष सुकारेर लैजान्छ । यसमा पनि सजिबको जस्तो गती र शक्ती छ । तर मान्छे प्रती कुनै गुनासो छैन । पढ्नेक्रम जारी राख्नुहोस्

‘फेसबुकले नै हो मेरो परिवार बिगारेको’


 मार्क जुकरवर्गले सात वर्ष अघि सुरु गरेको सोसल नेटवर्किङ साइट फेसबुकले उनलाई विश्वकै सबैभन्दा कान्छा धनाढ्य व्यक्ति बनायो। उनको सम्पतिले गुगलका संस्थापकहरुको सम्पतिलाई समेत उछिनिसक्यो। यो नेपालमा पनि सबैभन्दा बढी हेरिने साइट हो। फेसबुककै माध्यमबाट कतिले आफ्ना बिछोडिएका साथीहरु भेट्टाएका छन्। तर के सँधै फेसबुकले फाइदा मात्रै गर्छ त? पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस परिवारको वार्षिकोत्सवमा मृतक नेपालीको परिवारलाई आर्थिक सहयोग जुट्यो


ईन्द्र भूषाल, कुवेत

नेपालको वर्तमान परिवेश हेर्दा नेपालीहरु कल-झगडा गर्न मात्र जान्दा रहेछन भन्ने सन्देश विश्वभरी फैलिरहेको अवस्थामा प्रवासमा भने नेपालीहरु पीडित नेपालीको सहयोगको लागि एकै वाक्यमा सहयोग गर्न तयार भएका छन । कुनै नेपालीलाई परेको चोटमा अब सबै मिलेर मलमपट्टी लगाउनुपर्छ भन्ने कुरामा विवाद देखिंदैन ।

जसका ज्वलन्त उदाहरण हुन.. कुवेतको अस्पतालमा छट्पटिरहेकी मन्दिका परियारलाई जन-जाग्रिती युवा समाजले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको वार्षिक बनभोज कार्यक्रमको अबसर पारेर संकलन गरेको आर्थिक सहयोग, पढ्नेक्रम जारी राख्नुहोस्

उनी आफैं एड्स रोगी भएको बताउँछिन्


‘एचआईभी एड्स प्राणघातक होइन ।’ उनको ठम्याई यही छ । ‘समाज र परिवारले अपहेलना नगरे एड्स रोगी पनि अरुसरह बाँच्न सक्छन्,’ शारदा राई अहिले यस्तै सन्देश दिएर जिल्लाभर हिँडेकी छन् । उनी आफैं एड्स रोगी भएको बताउँछिन् ।त्यतिमात्रै होइन, समाजमा एचआईभी संक्रमित भनेर खुल्ने जिल्लाकै उनी एकमात्र महिला हुन् । पढ्नेक्रम जारी राख्नुहोस्