भावना !!


भीमराज पाराङ्, कुवेत

सपनाहरु…

टाउकैभरी बोझिलो गह्रुङ्गो साहुको रिन
रिनको ब्याज अनी ब्याज माथि स्याज
रातदिन दिमाख खाने साहुको कचकच
ठुलो बेरोजगारी र गिरेको देशको स्थिती
आकाश छुने महंगी र आफ्नो परिस्थिती
घरको चुल्हो बाल्न चुहिएको छानो टाल्न
केही कमाएर साहुको मुखमा बुझो हाल्न

यस्तै-यस्तै थुप्रै-थुप्रै आकंक्षाहरु राखेर
चटक्कै आफ्नो प्राण प्यारीलाई छाडेर
मुटुको टुक्रा कलिलो मुनालाई भुलेर
समाज अघी केही गर्ने चाहना बोकेर
प्रदेशीएका ती युवाहरुको सपनाहरु…

खाडीको चर्को घाम टाउको दुखाउने
हुरीबतास धुलोमैलो घाँटी सुकाउने
उता घरको चिन्ता यता कामको बोझ
कमजोर शरीर रातदिन संघर्ष गर्दा गर्दै
अचानक् ढलेर मुर्छा हुँदा…
एक्कासी काठको बाकासमा हालिंदा
साहुको रिन तिर्ने, घरको छानो फेर्ने
प्राण प्यारीलाई भेट्ने छोरोको मुख हेर्ने
लथालिङ्ग र भताभुङ्ग भएका सपनाहरु
अधुरा अपुरा रहेका अनेक् सपनाहरु…

Posted by: Jay Ale

Advertisements

3 responses to “भावना !!

  1. Nice words and feelings bhanij. keep it up.

  2. thanks bhim ji dharai ramro !! dukha lagdo kabita lakhnu vayacha ,k garnu garip ko gandaki yastai cha .jati bilana gara pani kasle sunna,,ko cha yaha sunna,” yastai cha gandaki asha ra nirasa ma giban bete rayacha ,kas lai dos dau mero karma nai yastai rayacha” yahe bhanara man bughaunu parako cha.has ta bhim ji tapai lai dharai 2 dhannabad kabita lakhanu vayako ma ,fari bhataulla jaya ma nepal…………

  3. साचै नै मार्मिक र भाबुक कबिता लेख्न्नु भएको रहेछ राम्रो लाग्यो सोल्टी फेरी फेरी पनि यस्तै यस्तै कबिता हरुको आशा गर्दछु

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.