लालीगुराँस साँस्कृतिक परिवारको प्रथम वार्षिक उत्सव भब्यरुपमा सम्पन्न साथमा “चन्द्र दोहनी” एल्बमको बिमोचन


ईन्द्र भूषाल/डम्बर रिमाल,  कुवेत

बिगत एक बर्ष देखी कुवेतको नेपाली समाजमा “हाम्रो संस्कृती हाम्रो परम्परा” भन्ने नाराकासाथ कृयाशिल साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवार कुवेतको प्रथम वार्षिक उत्सब भब्यरुपमा आज कुवेतको जिलिबस्थित हाइडेन रेस्टुरेन्टमा सम्पन्न भयो ।

प्रमुख अतिथी पुष्पराज भट्टराईले केक काटेर वार्षिक उत्सबको उद्घाटन गर्दै लालीगुराँस साँस्कृतिक परिवारले नेपाली संस्कृतीको जगेर्ना गर्न प्रवासमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रगतिको कामना गर्नुभयो । त्यसैगरी NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङले सफलताको कामना गर्दै आगामी दिनहरुमा पनि अझै राम्रा कामहरु गर्न सकुन भन्ने शुभकामना दिनुभयो । अन्य वक्ताहरु किरण पौड्याल, धर्मराज गिरी, ईन्द्र भूषाल, सुजन केसीले लालीगुराँस साँस्कृतिक परिवारले उद्देश्य अनुरुपको काम गर्दै गएकोमा खुशी ब्यक्त गर्दै उज्वल भबिस्यको कामना गर्नुभयो ।

लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बी. मल्ल ठकुरीको सभापतित्व र नेपाली दूताबास कुवेतका दित्तिय सचिब श्री पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका अन्य अतिथिहरुमा NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्ष धर्मराज गिरी, पूर्वाध्यक्ष एवं बुद्दिजिवी किरण पौड्याल, NRNA कुवेतका उपाध्यक्ष राज थापा, ICC प्रतिनिधि राजन कुवँर, पत्रकार महासँघका अध्यक्ष सुजन केसी, जन-जाग्रिती समाजका उपाध्यक्ष ठाकुर पौडेल, साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, तमु समाजका उपाध्यक्ष खोप गुरुङ, जन-सम्पर्क मञ्चका अध्यक्ष राजु खड्का, तामाङ घेदुङका उपाध्यक्ष अर्जुन तामाङ, जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापाली, खोटाङ सम्पर्क समाजका अध्यक्ष महेन्द्र राई, मजदुर सँघका अध्यक्ष टेन्टुप शेर्पा, लालीगुराँस परिवारका संरक्षक यादव श्रेष्ठ, सल्लाहाकार समिर शाक्य लगायत पत्रकारहरुमा ईन्द्र भूषाल, डम्बर रिमाल र नवराज पन्थी रहनु भएको थियो ।

परिवारका सचिब चन्दन लिम्बुले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा कार्यसमिती सदस्य माधव पौडेलले स्वागत मन्तब्य दिनुभएको थियो । संस्थाको गठन र उद्देश्य अनी नेपालमा दर्ता प्रकृयाको ’boutमा कोषाध्यक्ष मनोज काफ्लेले प्रकाश पर्दै संस्था दर्ता गरेको जानकारी गराउनु भयो । यस्तै, अध्यक्ष बि.बी मल्ल ठकुरीले संस्थाले सदैब आफ्नो उद्देश्यानुरुप काम गर्ने जानकारी दिंदै हिजोको दिन सम्झदा आज खुशी लागेको अनुभव सुनाउनु भयो ।

लोक दोहोरी एल्बम चन्द्र दोहोनी बिमोचित:

लालीगुराँस साँस्कृतिक परिवारका उपाध्यक्ष एवं लोक गायक राजेन्द्र बिरही र कोषाध्यक्ष एवं लोक गायक मनोज काफ्लेको संयुक्त लोक एल्बम “चन्द्र दोहनी”को पनि यसै वार्षिक उत्सब कार्यक्रममा औपचारिक रुपमा बिमोचन गरियो । दूतावासका दित्तिय सचिब पुष्पराज भट्टराई, राजेन्द्र तामाङ, धर्मराज गिरी, यादव श्रेष्ठ लगायत अन्य अतिथिहरुले सयुक्तरुपमा चन्द्र दोहनीको सिडी र क्यासेत देखाएर बिमोचन गर्नुभयो । बिमोचन पश्चात गायक द्वयले आफुहरुले एल्बममा गाएको गीत गाएर सम्पूर्ण उपस्थित दर्शकरुलाई सुनाउनु भयो । औपचारिक कार्यक्रम पश्चात परिवारका कलाकारहरुले सांगितिक कार्यक्रम देखाएर वातावरणमा थप रौनक भरे ।

Posted by: Jay Ale

Advertisements

3 responses to “लालीगुराँस साँस्कृतिक परिवारको प्रथम वार्षिक उत्सव भब्यरुपमा सम्पन्न साथमा “चन्द्र दोहनी” एल्बमको बिमोचन

  1. Many many congratulation to Mr. Birahi and Mansoon.

  2. badhai chha, Birahi G and Mansoon G lai.

  3. Thank you Jiten sir N Harkaman.ji. And thank you so much Indra ji N dammar sir… N all kuwaitnepal team

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.