डिस्कोमा तीज!


“आधुनिक फेसन छिनेको कम्मर नाचिन्छ कसेर, भन्नेको मुख थुनिन्न क्यारे बन्धनमा बसेर, जमानासँगै फेरीयो चिज, नाचौँ हामी डिस्कोमा तीज”

नेपाली लोकगायनमा प्रसिद्ध बनेकी गायिका कोमल वलीले यसपटको तीज डिस्कोमा मनाउने भएकी छिन् । विभिन्न समयमा निकालेको  उटठपट्याङ खाले गीतहरुले वर्षै भरी चर्चामा रहीरहने कोमल यसपटक पनि वर्षै भरी चर्चा बुटल्ने सोचमा छिन् । यसपटक तीजको कोसेलीको रुपमा कोमल वलीले ‘डिस्कोमा तीज’ नामको एल्बम सार्वजनिक गरेकी छन् । गत आइतबार एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो पछिल्लो एल्बम ‘डिस्कोमा तीज’ सार्वजनिक गरेकी हुन् ।

‘आधुनिक फेसन छिनेको कम्मर नाचिन्छ कसेर, भन्नेको मुख थुनिन्न क्यारे बन्धनमा बसेर, जमानासँगै फेरीयो चिज, नाचौँ हामी डिस्कोमा तीज’ बोलको गीत सहित कोमलले यसपटकको तीज मनाउने भएकी हुन् । उनको एल्बम अडियो, भिडियो दुबैमा बजारभरी भैसकेको छ । रमेश बिजीको शब्दमा रहेको गीतमा बिजु बज्रको संगीत रहेको छ । उनलाई एल्बममा गयिका रितु कँडेल र कृष्ण रेउलेले सहयोगी स्वर दिएका छन् ।

कोमलले एल्बमको प्रचारको लागि जापान, वेलायत, जर्मन, नयाँदिल्ली र नेपालको चितवन र पोखरमा लाइभ गाउने कार्यक्रम तय गरीसकेकी छिन् । उनका यसअघिका यस्तै उटपट्याङ एल्बमहरुले पनि व्यापक चर्चा र परिचर्चा पाएको थियो ।  उनकको एउटा एल्बम ‘मै हजुर तिम्री तरुनी’ पनि चाँडैनै बजारमा आउने तयारीमा छ । एल्बमको बजार र भविष्य कस्तो रहला त्यो त केही समयपछि नै थाहा पाइहाल्छ । जेहोस हाम्रो तर्फबाट कोमल वलीलाई सफलताको शुभकामना छ ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.