जय आले, कुवेत
कुवेतमा मृत्यु भई लाश कुवेतको फेरेन्सिक मेडिसनमा वेवारिसे अवस्थामा रहेका ६ जना नेपाली कामदारहरुको नेपालको वास्तविक पहिचान खुल्न नसकेकोले लाश नेपाल पठाउनमा निकै कठिनाई परेको नेपाली राजदूतावास कुवेतले २१ जुलाई २०११ मा जारी गरेको प्रेस बिज्ञप्तिमा जनाएको छ । दूतावासले यस समाचारलाई बिभिन्न अनलाईन मिडिया, छापा पत्रीका तथा टेलिभिजनहरुमा प्रकाशित गराई मृतकहरुको नेपालको पहिचान हुन सकेको खण्डमा तुरुन्त दूतावासमा खबर गरी लाशलाई नेपाल पठाउनमा सहयोग गरिदिनुहुन अनुरोध गर्दै मृतकहरुको राहदानीको प्रतिलिपी समेत उपलब्ध गराएको छ ।
नेपाली दूतावास कुवेतले जारी गरेको बिज्ञप्ती र मृतक नेपालीहरुको राहदानीको प्रतिलिपी हामीले जस्ताको तर्स्तै तल राखेका छौं । कृपया जसबाट हुनसक्ने सक्दो सहयोग गरिदिनुहुन सम्पूर्ण हाम्रा पाठक वर्गहरुसँग हामी अनुरोध गर्दछौं ।