Daily Archives: 22/07/2011

पसिनाको समस्या र बच्ने उपायहरू


                                                                                                                       – मीना बज्राचार्य
गर्मीको मौसम पसिनाले सताउने मौसम । गर्मीमा पसिना नआउने को होला ? बाहिर जाँदा होस् वा घरमै बस्दा होस्, खलखल पसिना बगेर शरीरलाई नै अल्छी बनाउँछ । त्यत्ति मात्र कहाँ हो र ? पसिनाको गन्ध र पसिनाको एलर्जीले शरीरमा घाउ खटिरा निस्केर सिर्जना हुने थप समस्या त छँदैछ । पसिनाले काखी र पैताला गन्हाएर झन बस्न सकिँदैन ।

कसरी आउँछ पसिना ? पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

डिस्कोमा तीज!


“आधुनिक फेसन छिनेको कम्मर नाचिन्छ कसेर, भन्नेको मुख थुनिन्न क्यारे बन्धनमा बसेर, जमानासँगै फेरीयो चिज, नाचौँ हामी डिस्कोमा तीज”

नेपाली लोकगायनमा प्रसिद्ध बनेकी गायिका कोमल वलीले यसपटको तीज डिस्कोमा मनाउने भएकी छिन् । विभिन्न समयमा निकालेको  उटठपट्याङ खाले गीतहरुले वर्षै भरी चर्चामा रहीरहने कोमल यसपटक पनि वर्षै भरी चर्चा बुटल्ने सोचमा छिन् । यसपटक तीजको कोसेलीको रुपमा कोमल वलीले ‘डिस्कोमा तीज’ नामको एल्बम सार्वजनिक गरेकी छन् । गत आइतबार एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो पछिल्लो एल्बम ‘डिस्कोमा तीज’ सार्वजनिक गरेकी हुन् ।

‘आधुनिक फेसन छिनेको कम्मर नाचिन्छ कसेर, भन्नेको मुख थुनिन्न क्यारे बन्धनमा बसेर, जमानासँगै फेरीयो चिज, नाचौँ हामी डिस्कोमा तीज’ बोलको गीत सहित कोमलले यसपटकको तीज मनाउने भएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

जब पिउँछु नशाहरु..!!


दिल सुब्बा (आँशुकवी)

जब पिउँछु नशाहरु शुरु हुन्छ कथाहरु
मुल फुट्छ आँखाबाट आँशु बर्षासरी
मन धुम्मी उर्ली आउँछ साउनको झरी
निर्मोहिलाई भुलौं भन्छु याद घरी-घरी

खेल्छ कुरा दिनरात घाइते मनभरी
कसलाई सुनाउँ मनको पिर पागल भन्ने हो कि
नसुनाउँ त मनको छाल कती बस्ने रोकी
पोहोर साल लुकीछिपी माया लगाएको पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा मृत्‍यु भएका ६ जना नेपालीहरुको लाश वेवारिसे अवस्थामा


जय आले, कुवेत

कुवेतमा मृत्‍यु भई लाश कुवेतको फेरेन्सिक मेडिसनमा वेवारिसे अवस्थामा रहेका ६ जना नेपाली कामदारहरुको नेपालको वास्तविक पहिचान खुल्न नसकेकोले लाश नेपाल पठाउनमा निकै कठिनाई परेको नेपाली राजदूतावास कुवेतले २१ जुलाई २०११ मा जारी गरेको प्रेस बिज्ञप्तिमा जनाएको छ । दूतावासले यस समाचारलाई बिभिन्न अनलाईन मिडिया, छापा पत्रीका तथा टेलिभिजनहरुमा प्रकाशित गराई मृतकहरुको नेपालको पहिचान हुन सकेको खण्डमा तुरुन्त दूतावासमा खबर गरी लाशलाई नेपाल पठाउनमा सहयोग गरिदिनुहुन अनुरोध गर्दै मृतकहरुको राहदानीको प्रतिलिपी समेत उपलब्ध गराएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्