Daily Archives: 20/07/2011

दोहोरीमै व्यस्त सम्झना


 काठमाडौं, साउन ४- लोकदोहोरीमार्फत् परिचय बनाउनेको संख्या थपिँदै छ। अभिनयमा जम्ने सपनाका साथ कलाकारितामा लागे पनि सम्झना बुढाथोकीको लोकप्रियता लोकदोहोरीले बढाएको छ। केही समय यता लोकदोहोरी भिडियोमा उनी एकछत्र मोडलका रूपमा देखिएकी छिन्। ‘दर्शकको माया पाएकै कारण दोहोरीमा काम पाइरहेकी छु,’ सुटिङको क्रममा शंखपार्कमा भेटिएकी उनले भनिन्, ‘त्यसैले आजभोलि भ्याइनभ्याइ छ।’ तीज नजिकिँदै गर्दा उनको व्यस्तता पनि बढेको छ। ‘अचेल सुटिङ बढेको छ। कहिले पोखरा र कहिले राजधानीका विभिन्न ठाउँमा सुटिङ पर्छ,’ बिहान घरमा खाजा खाएर निस्कने सम्झनाले दिउँसोको खाना सुटिङ स्पटमै खाने गरेको बताइन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राजदूतावास कुवेत को “प्रेस विज्ञप्ती”


कुवेती  सरकारको आधिकारीक विवरण अनुसार १२६६ जना गैह्र कानूनी नेपाली कामदारहरुले कुवेत छोडेका छैनन नेपाली राजदूतावास कुवेत को प्रेस विज्ञप्ती

तलको लिंकमा क्लिक गर्नुहोला

Press Release July 19 20110001 

Posted by: Shiva Paudel

२४ घन्टामा दुई पटक विवाह


अबधेशकुमार झा

इनरुवा, सामाजिक रीतिअनुसार बिहेपछि भोजभतेर हुन्छ, अनि बेहुला-बेहुली बिदा गरिन्छ । तर यहाँको एउटा विवाहमा चेली बिदा गरी पठाएको चार घन्टापछि नै माइती पक्षले फर्काएर ल्याएका छन् । अनि लगत्तै भोलिपल्ट केटाले अर्की केटीसँग बिहे गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशमा एमबिबीएस पढ्न नेपालको प्रवेश परीक्षा पास गर्नैपर्ने


दीपक दाहाल,

काठमाडौं, साउन ४ -विदेशमा एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीले अब नेपालका विश्वविद्यालय वा शिक्षामन्त्रालयले लिएको प्रवेश परीक्षा अनिवार्य पास गर्नुपर्ने भएको छ। निजी खर्चमा विदेशबाट एमबिबिएस गरेर फर्केका अधिकांश विद्यार्थी नेपाल मेडिकल काउन्सिलले लिने ‘लाइसेन्सिङ’ (अभ्यास अनुमति पत्र) परीक्षामा अत्यधिक फेल हुन थालेपछि सरकारले यो नियम लागू गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्