जय आले, कुवेत
“जुन इमान्दारी र जिम्मेवारीपूर्वक आफ्ना ग्राहकहरुलाई BEC कुवेतले सहयोग गरेको छ, जसको लागि म आत्मदेखी नै आभार व्यक्त गर्दै सम्पूर्ण कुवेतवासी नेपालीहरुको तर्फबाट धन्यवाद दिन चाहन्छु – राजेन्द्र तामाङ्/अध्यक्ष NRNA कुवेत”
१६ जुलाई २०११ का दिन, BEC (बहराईन एक्सचेंज कम्पनी) कुवेतको फाहाहिल ब्रान्चमा नेपालमा रहेका आफ्ना परिवारलाई केही रकम पठाईदिने उद्देश्यले पुग्नु भएको थियो कुवेतको नेपाली समाजमा एउटा बरिष्ट समाजसेवीको रुपमा परिचित व्यक्तित्व एवं गैर-आवासिय नेपाली सँघ कुवेतका संस्थापक अध्यक्ष श्री राजेन्द्र तामाङ् ।
वहाँले जती पैसा पठाउनु थियो पठाएर घरमा फर्कनु भयो । तर संयोगको कुरो, त्योबेला BEC मा पैसा कती दिएं भन्ने खासै ख्याल भएनछ वहाँलाई र जसले गर्दा जती वहाँले नेपाल पठाउनु पर्ने हो त्योभन्दा ८३ के.डि. बढी दिनुभएको रहेछ एक्सचेंज काउण्टरमा । त्यो कुराको जानकारी तब वहाँलाई लाग्यो, जब BEC ले वहाँलाई आफु घरमा आईसकेपछी टेलिफोन संपर्क गरी बतायो र आज BEC एक्सचेंजको फाहाहिल ब्रान्चमा गएर वहाँले सो रमक बुझीलिनु भएको छ ।
यस अवसरमा शुरुदेखीनै कुवेतमा कार्यरत प्रवासी नेपालीहरुको मेहेनत र पसिनाको कमाईलाई छिटो, सुरक्षित र सुलभ ढंगले नेपाल पठाउन अहम भूमिका खेल्दै आएको बहराइन एक्सचेंज कम्पनी कुवेतले “जुन इमान्दारी र जिम्मेवारीपूर्वक आफ्ना ग्राहकहरुलाई सहयोग गरेको छ जसको लागि म आत्मदेखी नै आभार व्यक्त गर्दै मेरो र मेरो परिवारको, NRNA कुवेतको र सम्पूर्ण कुवेतवासी नेपालीहरुको तर्फबाट यसै कुवेतनेपाल डटकम मार्फत धन्यवाद दिन चाहन्छु” भनेर श्री तामाङ्ले भन्नु भएको छ ।
this is good job bec kuwait