विदेशबाट टिभी लैजाँदा कति कर तिर्नुपर्ने ?


– सालोक्य, सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटमा विदेशमा बस्ने नेपालीले देशमा ल्याउने टेलिभिजनमा कर कम गरिएको बताएको छ । अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट भाषण गर्दा भने- “वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने हालको महसुल दर घटाएको छु ।”

त्यसो भए कस्तो टिभी ल्याउँदा कति कर तिर्नुपर्ने रहेछ त भन्ने सम्बन्धमा धेरैको चासो भएको हुनसक्छ । आउनुस् हेरौं, यस सम्बन्धमा आर्थिक विधेयकले के व्यवस्था गरेको छ त ?

सम्वत २०६५ साल कात्तिक १ गते नेपाल राजपत्रमा प्रकाशित निजी गुण्टा झिटी भारी सम्बन्धी सूचनाको दफा १ को उपदफा (२) बमोजिम नेपाली यात्रुहरुले ल्याउने एल.सी.डी., प्लाज्मा वा एल. ई.डी. टेलिभिजनमा भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर नलगाई देहाय बमोजिमको एकमुष्ट रकम भन्सार महसुल बापत असुल गरिनेछ:

मानौं तपाईँले ३२ इञ्चको टिभी ल्याउनु भयो । तपाईँ विदेशमा बसी फर्केको ६ महिनामात्रै भएको छ भने तपाईँले प्रति इञ्च ५ सय रुपैयाँ अर्थात् ३२x५०० = १६ हजार रुपैयाँ कर तिर्नुपर्छ । त्यसबाहेक तपाईँले भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर केही पनि तिर्नुपर्दैन । यदि तपाईं ६ महिनाभन्दा बढी समय बसी नेपाल फर्कनुभएको हो भनें तपाईंले ३२x४५०‌ = १४ हजार ४ सय रुपैयाँ मात्रै कर तिरे हुन्छ ।

Posted by: Jay Ale

9 responses to “विदेशबाट टिभी लैजाँदा कति कर तिर्नुपर्ने ?

  1. jayji dherai ramro khabar chhapnu bhayeko rahechha yo dherai bideshma basne nepaliko prasnako bishaya thiyo kina hamile LED,LCD, plasma TV,32″inch bhanda mathi nepal laijanda bhansar mahshul teti dherai tirna parne bhanera?teso hunale pani dherai nepali jamatle tee chij lana chahera pani laijana 2palta sochnu parne sthiti thiyo.je hos sarkarle thorai bhaye pani rahat dine kam gareko chha ramro nai bhannu paryo, hunu parne ra garnu parne ta dherai ho tara……na hunu bhanda kano mamai besh hoina ra sathi ho?

  2. ya good news yaar we wish that forever…

  3. मेरो विचारमा सरकारले बिदेशमा २ बर्ष बिताएर स्वोदेश फिर्ता हुनेहरुको लागि एक पिस यल सि डि टि भि लगायता कुनै पनि समान एक पिस को लागि फिरी गराउनु पर्नेथियो तो भएको छैन । नेपाल को अर्थतन्त्र बिदेश मा बस्ने गरीब नेपाली ले पथाएको रिमिट बाट चलेको छ । तर हामीले अझै टाक्स तिर्नु पर्ने ? किनकी हाम्रो देशमा जुन चिज को उतपादन छैन तेस बस्तु बिदेश बाट लैजादा फ्री हुनुपर्दछ।

  4. Bideshabat LCD TV. Lyauda Nepalma aajko mitima ( 26-04-2069) kati tirnu parlaji malai janakari paun sakchhu.

  5. Maela nepal aauda l c d tv 21 ic ko laudai ho vansar lakxki lakdai na vandinu la ok

  6. LED/LCD KO LAAGI DHERAI VO??? COMPANY BARABAR RATE BHANSARA TIRNU PAREXI K FAIDA VORA…?……………

  7. hi I am nabin right now I am workings from use dubai when I am coming vacation that time I bring Led TV 32 inch how much is cost vansar please explan me

  8. 32″ LED LCD lai 450 matra hoina 1000 pani lagan sakxa kina ki nepal sarkar lai garib dukhi ko khun chusne bani pareko xa kursima baser bidesh ma rukha ma paisa falne sapana dekhne janta mara harulai ke xa ra jati bhansar lagaye pani tirne ta garib dukhinai ho ke re ki kaso sathi…….?

  9. यो थियो सबै पुरानो खबर
    र मलै चैयेको चै आज भोलि चै कस्तो के चलन छ त 32″ led tv लागि plz बताइ दिनु होला
    अस्ति छुट्टिमा जादा लान पाइना र अहिले resign हाने बर्सदिन पनि भकोछैना र अहिले म घर जादैछुplz बतै सिनुहोला

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.