Daily Archives: 14/07/2011

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को अन्तिम नतिजा घोषणा


– विश्वदिप तिगेला,

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको आयोजनामा सम्पन्न विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ मा कतारमा कार्यरत चर्चित ढुङ्गेल प्रथम भएका छन् ।
विश्वका विभिन्न १९ मुलुक र नेपालको २७ जिल्लाबाट १ सय ८२ सहभागि कविताहरु मध्ये १ सय ७३ वटा प्रतियोगि रहेका थिए साथै यस बर्ष विभिन्न ८ मातृभाषाका कविताहरुको पनि सहभागिता रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कमजोर भाग्य


सुशील पौडेल
काठमाडौ, अषाढ ३० – सुरुमै फाइट । त्यसपछि नाचगान, फेरि फाइट । गीत र फाइट । संवाद गीत र फाइट जोड्नकै लागि राखिए जस्तो मात्र । उपत्यकामा प्रदर्शन भइरहेको ‘नसिब आफ्नो’ लाई मसलेदार बनाउने प्रयासमा कथालाई महत्त्व दिइएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व एआइजी विष्ट जेल चलान


काठमाडौं, असार ३० – सुडान घोटलामा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले पूर्व एआइजी दिपेन्द्रबहादुर विष्टलाई एक करोड रुपैयाँ धरौटी मागेको छ। धरौटी बुझाउन नसक्दा विष्ट बुधबारै जेल चलान भएका छन्। बुधबारै विष्टको बयान र थुनछेक बहसपछि विशेषका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले उनलाई एक करोड धरौटी बुझाउन र नसके थुनामा राख्न आदेश दिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

दाहालले गरे नयाँ प्रस्ताव


उजिर मगर,
काठमाडौं, असार ३०- माओवादी अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीहरू एकगठ बनेपछि केन्द्रीय समिति बैठक स्थगित गर्दै ‘सबैजना जितेको अवस्था देखिने’ अनौपचारिक प्रस्ताव गरेका छन्।  बुझिएअनुसार भट्टराई र थापासँग मंगलबार साँझ र वैद्यसँग बुधबार बिहान भएको छुट्टाछुट्टै भेटमा नयाँ प्रस्ताव गरेका हुन। पढ्नेक्रम जारी राख्नुहोस्

आज बजेट आउने/बजेट झन्डै चार खर्बको


काठमाडौ, अषाढ ३० – साढे ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सरकारले करिब ३ खर्ब ८५ अर्ब खर्च गर्ने योजनासहित अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार आर्थिक वर्ष २०६८/६९ को बजेट संसद्मा पेस गर्दै छन् । सत्ता साझेदारदेखि विपक्षी दललाई समेत रिझाउन उनले योजना आयोगले दिएको सीमाभन्दा करिब ४ अर्ब रुपैयाँ बढी खर्च गर्ने बजेट बनाएका छन् । यो रकम गत वर्षको भन्दा ४८ अर्ब रुपैयाँ बढी हो । पढ्नेक्रम जारी राख्नुहोस्

मुम्बईमा भीषण विस्फोटहरू १७ को मृत्यु, ८१ घाइते (फोटो फिचरसहित)


मुम्बई (एजेन्सीहरू), अषाढ ३० – भारतको व्यापारिक सहर मुम्बईमा बुधबार साँझ लगभग एकै समयमा तीन ठूला विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्