जितेन थिङ्, कुवेत
आज मेरो मनले कता-कता कलम चलाऊन वाध्य बनायो
लेखिदिउँ जस्तो लाग्यो कसैको रोदन अनी दुखेसो
पस्किदिउँ जस्तो लाग्यो कसैको ब्यथा सेतो पानाभरी
जसको देखेको थिएं आँशुका ढिका आँखाभरी
उभिएकी थिईन टोलाएर फलामे बारको छेउ-छाउमा
शायद कतैबाट सहयोगी हात पाउँछ कि भन्ने दाउमा
एकोहोरो हेराइ अनी सुकेका ओंठहरु
स्पष्ट झल्किन्थ्यो मनका ब्यथा अनी चोटहरु
आफ्नै चेली जस्तो लाग्यो मलाई सोध्न थालें ब्यथाहरु
फलाक्न थालिन मनका बेदनाहरु दर्दनाक थियो कथाहरु
सुनाउन थालिन यात्रा अनुभब घरदेखी कुवेतसम्म
यात्राको बेलिबिस्तार गरिन कुवेतीको घरदेखी जेलसम्म
सोंच्न म वाध्य भएं नेपाली किन होला यसरी गिरेको
पैसाको लागि आफ्नै चेलीहरु बेच्नु पनि पछी नपरेको
के विश्वास भो र खै नेपालीको…
पैसाकै लागि आफ्नै मातृभूमी बेच्दैनन् भन्न सकिन्न
के भरोसा भो र खै नेपालीको…
झुटो आडम्बर अनी ऐश-आरामको लागि आफ्नै आमा पनि बेच्दैनन् भन्न सकिन्न !!
“भानु जयन्तीको उपलक्ष्यमा लेखकको कलमबाट २ शब्द…”
Posted by: Jay Ale
jitenji very nice keep it up.
जितेन जी तपाईंले साह्रै नै राम्रो लाग्यो धन्यवादiiikeep it continuity.
सार्है भाबुक अनी मार्मिक कबिता को लागि धन्यबाद जितेन सर । । ।
जितेन जि मलाई मन् परेयो । लेख्दै गर्नु कलम अझै तिखारिदै जानेछ ।
ईन्द्र भुसाल
sarai ramro lagyo daju vavuk vaye mata