बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री किन नबनाउने ?


                                                                                                                       – डा. टीकाराम पोखरेल

अहिले कुनै राजनीतिक दलमा आबद्ध नभएका मानिसहरुलाई यो देशको भावी प्रधानमन्त्रीको रुपमा कसलाई देख्न चाहनुहुन्छ भनेर प्रश्न गर्यो भने धेरैले डा. बाबुराम भट्टर्राईको नाम लिन्छन्। यो जनमत बाबुराम भट्टर्राईप्रति कुनै दया, माया वा आग्रहले होइन, प्रचण्ड सरकारमा अर्थमन्त्री हुँदा भट्टर्राईले हासिल गरेको लोकप्रियताका कारण आएको जनमत हो।
यो जनमतले के देखाउँछ भने अहिले आमजनता हाम्रो पार्टीोइन राम्रो नेताको खोजीमा छन्। किन कि पार्टी गतिविधिबाट आममानिस वाक्कदिक्क भैसकेका छन् । अहिले संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी हो। सहमतीय सरकारको नेतृत्व ठूलो दलले गर्नु प्राकृतिक न्याय पनि हो। तर संविधानसभाका प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, एमाले र मधेशवादी दलहरु माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ले सहमतीय सरकारको नेतृत्व गर्ने कुरामा त्यति सकारात्मक हुन सकेको देखिँदैन, तर सोही पार्टी अर्का नेता बाबुराम भट्टर्राईको नाममा उनीहरुको विरोध पनि आएको छैन।
त्यसैले पनि अब बन्ने सहमतीय सरकारको लागि डा. भट्टर्राईको नेतृत्व र्सवस्वीकार्य हुन सक्ने बलियो सम्भावना देखिएको छ। एकीकृत नेकपा मओवादीभित्र अहिले तीन वटा प्रमुख राजनीतिक धार भनेर दाबी गरिएका छन् । प्रचण्ड, वैद्य र भट्टर्राईले नेतृत्व गरेका भनिएका यी तीन धार -गुट) कहिले कुन बलियो त कहिले कुन बलियो बनेर देखा पर्दछन्। तीनमध्ये दुइ गुट एक हुनेबित्तिकै तेस्रो गुट कमजोर हुन्छ। त्यसपछि गुटहरुबीच राजनीतिक लेनादेना र बाँडफाँड शुरु भैहाल्छ। अन्ततः बाँडफाँडमा कुरा मिलेपछि केही समयका लागि तीन गुटबीचको द्वन्द्व केही मत्थर हुन्छ। फेरि केही समयपछि कुनै विवादको विषय पाउनेबित्तिकै गुट विवाद बढ्दै जान्छ र फेरि शक्ति पर््रदर्शन हुन्छ। पत्रपत्रिकामा कुन गुट कमजोर र कुन गुट शक्तिशाली भन्नेे लेखाजोखा शुरु हुन्छ। गुटमा संलग्न नभएका इमानदार कार्यकर्ताहरुमा चाहिँ कुन कित्ता ठीक कुन कित्ता बेठीक भन्ने अन्योल पैदा हुने गर्दछ।
तर माओवादीभित्रको यो तीन गुटमध्ये कहिले को त कहिले को शक्तिशाली भन्ने लेखाजोखा पार्टीत्रको आन्तरिक मामिला हो। यो मूल्यांकन लोकप्रियताका आधारमा नभएर पार्टीत्रका कार्यकर्ताको भीडमा आधारित मूल्यांकन हो। त्यसैले कुनै पनि नेताको पार्टी आन्तरिक मूल्यांकन शक्ति र सिद्धान्तका आधारमा गरिएला, तर आममानिसहरुको नेताहरुप्रतिको मूल्यांकन त लोकप्रियताका आधारमा हुन्छ। अहिले आममानिसका आँखामा लोकप्रियताका दृष्टिले माओवादीका तीन शर्ीष्ास्थ नेताहरु प्रचण्ड, वैद्य र बाबुराममध्ये प्रचण्ड र वैद्यलाई भट्टर्राईले उछिनेका छन्। हुन त द्वन्द्वकाल र शान्तिप्रक्रियाका केही वर्षम्म प्रचण्डको लोकप्रियता भट्टर्राईको तुलनामा धेरै बढी थियो।

१०वर्षो द्वन्द्वका भूमिगत नायकका रुपमा हेरिएका प्रचण्ड खुला राजनीतिमा आउँदा उनीसँग आममानिसको धेरै अपेक्षा थियो, तर पछिल्लो दिनमा उनमा देखिएको दूरदर्शीताको अभाव र सतही अभिव्यक्ति दिने उनको बानीका कारण प्रचण्डको व्यक्तित्व दिनप्रतिदिन ओरालो लाग्यो। साँच्चै भन्ने हो भने एउटै सरकारमा सरकाको नेतृत्व गरेका प्रचण्ड असफल प्रधानमन्त्रीका रुपमा दर्ज भए भने सोही असफल सरकारको अर्थमन्त्री भएका डा. भट्टर्राईचाहिँ सफल अर्थमन्त्री भनेर चिनिए। यसले पनि यी दर्ुइ नेताबीचको दूरदृष्टि, लोकप्रियता र क्षमता स्पष्ट हुन्छ।
अहिले देशमा वैधानिक रुपमा सरकार काम चलाउ भैनसकेको भए तापनि नैतिक रुपमा भने सरकार कामचलाउ भैसकेको छ। गत जेठ १४ मा तीन दलहरुबीच भएको पाँचबुँदे सहमतिसँगै सरकारको नैतिक धरातल भत्किसकेको छ। त्यसैले यस्तो बेलामा देशको भावी प्रधानमन्त्री को हुने भनेर बहस हुनु स्वाभाविक नै हो। अहिले भावी प्रधानमन्त्रीको रुपमा बाबुराम भट्टर्राईको नाम सबैभन्दा अग्रपंक्तिमा छ। पार्टीत्र उनका र्समर्थकहरुले उनलाई भावी प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन् भने पार्टीहिर पनि उनको नाम सम्भावित प्रधानमन्त्रीको रुपमा चर्चामा छ। तर भट्टर्राईलाई प्रधानमन्त्री बन्न त्यति सहजचाहिँ छैन।
भट्टर्राईलाई प्रधानमन्त्री बन्नमा अवरोध माओवादी पार्टीहिरबाट जति छ त्यो भन्दा बढी माओवादी पार्टीत्रैबाट रहेको छ। व्यक्तित्व टकरावले गर्दा भट्टर्राईलाई भावी प्रधानमन्त्री हुनबाट रोक्ने प्रयास स्वयम् माओवादीभित्रकै भट्टर्राईइतर खेमाबाट भैरहेको छ।

माओवादीका सबै नेताहरुले खुला हृदय बनाएर बुभ\mनुपर्ने कुरा के हो भने भट्टर्राई प्रधानमन्त्री हुँदा माओवादीलाई कुनै हानि गर्दैन। प्रचण्ड यसअघि देशको प्रधानमन्त्री भैसकेको हुँदा अब माओवादीबाट भट्टर्राई प्रधानमन्त्री हुनु समान अवसरका दृष्टिले पनि अनुपयुक्त होइन। माओवादी संसद्को सबैभन्दा ठूलो दल भएको हुँदा उसले अरु दलको नेतृत्वमा सरकारमा रहनुुभन्दा आŠनै पार्टीत्र सबैलाई मान्य हुने वैकल्पिक नेताको खोजी गरी आŠनै पार्टीे नेतृत्वमा सहमतीय सरकार बनाउन सके माओवादीका लागि उपलब्धि हुनेछ।

त्यसैले यतिबेला प्रचण्डको नेतृत्व कांग्रेस, एमालेलगायतका अरु दलहरुले स्वीकार गर्न नसकिरहेको अवस्थामा डा. भट्टर्राईलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिनु माओवादीका लागि सबैभन्दा बुद्धिमत्तापर्ूण्ा कार्य हुनेछ। यसले प्रचण्डको उचाइ घट्ने छैन बरु उनको त्याग र उदारताका लागि उनको उचाइ झनै बढ्नेछ।
यो देशमा प्रधानमन्त्रीका लागि धेरै योग्य उम्मेदवारहरु होलान् र प्रधानमन्त्रीको पद प्राप्त गर्न धेरै जना लालायित पनि होलान्। राजनीतिमा सम्पर्ूण्ा जीवन अर्पण गरेको राजनीतिज्ञले प्रधानमन्त्री हुने चाहना राख्नु अस्वाभाविक पनि होइन।

तर प्रधानमन्त्रीका लागि इच्छुक, योग्य र सम्भावितमध्ये बढी उपयुक्त को हुन सक्तछ भन्ने कुराचाहिँ महत्त्वपर्ूण्ा हो। यसबेला भट्टर्राईको नाममा पार्टीहिरबाट पनि सहमति जुट्न सक्ने बलियो सम्भावना रहेको छ। अहिले अन्तर्राष्ट्रिय समुदाय पनि भट्टर्राईको नेतृत्वप्रति लचिलो देखिएको छ। मित्रराष्ट्र खास गरी भारत पनि भट्टर्राईको नेतृत्वप्रति सकारात्मक नै देखिएको अवस्था हुँदा अब माओवादीले डा. भट्टर्राईलाई भावी प्रधानमन्त्रीका रुपमा किन अगाडि नसार्ने –
देश धेरै पटक राजनीतिक प्रयोगशाला भैसकेको छ। फलानो नेता प्रधानमन्त्री भयो भने चाहिँ समस्या हल गर्छ कि फलानो नेता हुँदा चाहिँ। सबै फुमन्तरकै भरमा देशलाई स्वीट्जरल्यान्ड बनाउँछौं भन्ने नाममा शान्तिप्रक्रियाको पाँच वर्षो अवधिमा चार जना प्रधानमन्त्री भैसकेका छन्। तर समस्याचाहिँ ज्यूँकात्यूँ छ।

यो महत्त्वपर्ूण्ा घडीमा ऊ कि ऊ भनेर देशलाई प्रयोगशाला बनाउँदा देश धेरै बर्बाद भैसकेको छ। त्यसैले अब भावी प्रधानमन्त्रीको खोजी गर्दा देशलाई प्रयोगशाला बनाउने होइन साँचो अर्थमा देशको जटिल अवस्थालाई निकास दिन सक्ने दूरदृष्टि भएको नेता आवश्यक छ, शान्ति र संविधानलाई निष्कर्षा पुर्याउने सक्षम नेता छान्नुपरेको छ।

हिजो अरु प्रधानमन्त्रीले गर्न नसकेको काम के बाबुराम भट्टर्राईले चाहिँ गर्न सक्लान् भन्ने प्रश्न पनि नउठ्ने होइन। यो प्रश्न उठ्नु स्वाभाविक पनि हो।

तर बाबुराम भट्टर्राईले विगत प्रचण्ड सरकारमा आफूले पाएको अर्थ मन्त्रालयको जिम्मेवारी कुशलतापर्ूवक सम्पादन गरी लोकप्रियता हासिल गरिसकेको हुँदा उनमाथि आसा गर्ने ठाउँ प्रशस्त छ। यसकारण यतिबेला सम्भावित धेरैमध्ये सबैभन्दा उचित डा. भट्टर्राई हुन सक्ने देखिन्छ। त्यसैले माओवादीले डा. भट्टर्राईलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर होस्टे गर्ने र अरु दलले त्यसमा र्समर्थन गरेर हैंस्से गरी देशलाई प्रयोगशाला बनाउनबाट रोक्नु नै यसबेला उचित कदम हुनेछ।

Posted by: Raju Gurung                                                                  Source: newsofnepal

2 responses to “बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री किन नबनाउने ?

  1. Baburam bhattrai ko sarkaar bannai par6 sabai nepali ko chahana pani sahayet yehi nai hune6 kinaki baburam is good person and leader,

  2. Nepalko bhabi pm Dr:Babhuram nai hunu parcha kinki uhanai desako sakcham pm hunusaknu huncha,sabaai netaharuko khel dekhiyo aba babhuram ko rajnitik kusalta pani herauna hami sabaile ok sabaile babhuram ko samdak garau jay babhuram jay nepal thanks,,,,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.