नायिका बनाउँछु भनेर शारीरिक शोषण गर्छन‍् – अपेक्षा सिग्देल


गोलो मुहार । कोरियन कट हेयर स्टाईल । अनि जिरो फिगरको जिउडाल । नवोदित नायिका अपेक्षा सिग्देलको परिचय हो यो । सिन्धुपाल्चोक बाँसबारी-८ की यी किशोरी भरखरै १८ औं बसन्तमा यात्रारत छिन् ।  यो उमेरमा मोडलिङ र कलाकारिता दुबैमा अगाडि बढ्दै छिन् उनी । गायिका सोनिका लामाको त्यो डाँडाबाट नहेर कान्छा…गीतको म्युजिक भिडियाबाट गत वर्ष उनले मोडलिङमा डेब्यु गरेकी हुन् । यो एक वर्षमा अपेक्षा टेली फिल्म उज्यालो बाटो, साईनो कस्तो कस्तोकी नायिका बनिन् । सानो पर्दाबाट फड्को मारि सकेकी छिन यी किशोरीले । राम जनक निर्देशित चलचित्र ‘तिमी बिना म बाँच्न सक्दिन’मा मुख्य नायिकाको रुपमा अब चाँडै यिनलाई देख्न पाईन्छ ।

चलचित्रमा अभियन गराईदिने नाममा यौन शोषण गरिने कथा नसुनेकी हैनन् अपेक्षाले । त्यसलाई शारीरिक शोषणको दर्जा दिँदै भन्छिन्,’सिनेमामा काम गर्दा कसैसँग मन मिलेर सम्बन्ध हुनु फरक कुरा हो । तर नायिका बनाउँछु भनेर यौन शोषण गर्नु राम्रो हैन ।’  जसलाई रोज्छु, उहीसँग जीवन बिताउँछु भन्छिन अपेक्षा ।

Posted by: Narayan Nepal                                                         Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.