Daily Archives: 12/07/2011

नायिका बनाउँछु भनेर शारीरिक शोषण गर्छन‍् – अपेक्षा सिग्देल


गोलो मुहार । कोरियन कट हेयर स्टाईल । अनि जिरो फिगरको जिउडाल । नवोदित नायिका अपेक्षा सिग्देलको परिचय हो यो । सिन्धुपाल्चोक बाँसबारी-८ की यी किशोरी भरखरै १८ औं बसन्तमा यात्रारत छिन् ।  यो उमेरमा मोडलिङ र कलाकारिता दुबैमा अगाडि बढ्दै छिन् उनी । गायिका सोनिका लामाको त्यो डाँडाबाट नहेर कान्छा…गीतको म्युजिक भिडियाबाट गत वर्ष उनले मोडलिङमा डेब्यु गरेकी हुन् । यो एक वर्षमा अपेक्षा टेली फिल्म उज्यालो बाटो, साईनो कस्तो कस्तोकी नायिका बनिन् । सानो पर्दाबाट फड्को मारि सकेकी छिन यी किशोरीले । राम जनक निर्देशित चलचित्र ‘तिमी बिना म बाँच्न सक्दिन’मा मुख्य नायिकाको रुपमा अब चाँडै यिनलाई देख्न पाईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

बरिस्ठ हाँस्य कलाकार मनोज गजुरेल कपिलबस्तु दिवस अभियानका सांस्कृतिक दूत


– राम कुमार श्रेष्ठ,

फानबोरो, युके जुलाइ ९, २०११ । फानबोरोमा तमुधी, युकेको आयोजनामा भएको एउटा साँस्कृतिक कार्यक्रममा प्रसिद्ध प्रहसन कलाकार श्री मनोज गजुरेललाई “कपिलवस्तु दिवस अभियान” विश्व कार्यसमितिले “कपिलवस्तु दिवस अभियानको साँस्कृतिक दूत” को रुपमा ससम्मान नियुक्ति प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

११ वर्षसम्म गोली झिक्न सकिएन


खिलानाथ ढकाल,

 विराटनगर, असार २८- रबिन बानियाँ (३२) को शरीरमा एघार वर्षदेखि गोली च्यापिएको छ। विद्यार्थी नेता हुँदै हाल नेपाली कांग्रेसका सक्रिय सदस्य उनलाई धेरै वर्ष बाँचेर राजनीति गर्ने इच्छा छ तर गोली निकाल्न नसक्दा चिन्तित र त्रासपूर्ण जीवन बिताइरहेका छन्। मोरङ कटहरी- ६ का बानियाँले २०५७ सालमा विद्यार्थी आन्दोलन क्रममा प्रहरीबाट गोली खाए। उनको शरीरमा गोली अड्केको यति वर्ष बित्दा पनि निकाल्न सकेका छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्

परराष्ट्रमा भिड घट्यो


काठमाडौं, असार २८ – सरकारले नयाँ आर्थि वर्षसँगै जिल्लाबाट राहदानी वितरण गर्ने निर्णय गरेपछि परराष्ट्रमा राहदानी लिन आउनेको संख्या घटेको छ। दुई साताअघिसम्म परराष्ट्रमा दैनिक १५/१६ सयले राहदानीका लागि आवेदन दिने गरेका थिए। तर, जिल्लाबाट पनि राहदानी वितरण गर्ने सरकारको निर्णय सार्वजनिक भएपछि अहिले यो संख्या घटेर ८/९ सयमा झरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री किन नबनाउने ?


                                                                                                                       – डा. टीकाराम पोखरेल

अहिले कुनै राजनीतिक दलमा आबद्ध नभएका मानिसहरुलाई यो देशको भावी प्रधानमन्त्रीको रुपमा कसलाई देख्न चाहनुहुन्छ भनेर प्रश्न गर्यो भने धेरैले डा. बाबुराम भट्टर्राईको नाम लिन्छन्। यो जनमत बाबुराम भट्टर्राईप्रति कुनै दया, माया वा आग्रहले होइन, प्रचण्ड सरकारमा अर्थमन्त्री हुँदा भट्टर्राईले हासिल गरेको लोकप्रियताका कारण आएको जनमत हो।
यो जनमतले के देखाउँछ भने अहिले आमजनता हाम्रो पार्टीोइन राम्रो नेताको खोजीमा छन्। किन कि पार्टी गतिविधिबाट आममानिस वाक्कदिक्क भैसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्