मधुसुदन गुरागाइँ, बनेपा, असार २७- मायोज चाउचाउ बनाउने बनेपा, उग्रतारा जनगालस्थित हिमालयन स्न्याक्स एन्ड नुडल्सको स्टोरमा भीषण आगलागी भइरहेको छ। प्रहरी, सेना र स्थानीय बासिन्दाले प्रयास गरिरहेका भए पनि अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। मजदुरहरु खाना खान गएको बेला स्टोर रुममा आगलागी भएकोले तत्काल थाहा हुन नसकेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
Posted by: Shiva Paudel Source: nagarik