पूर्ण बस्नेत, बेइजिङ,
असार २६- गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृति’bout अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।
‘बुद्धिजमः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रमका एक सहभागीका अनुसार ‘बुद्ध भारतको कपिलवस्तुमा जन्मेका थिए’ भनेर लेखिएको पोस्टर कार्यक्रमस्थलमै टाँसिएको थियो। ‘आयोजकले कार्यक्रम स्थलमा टाँसेको पोस्टरबाट बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने तोडमोड गर्न खोजेको प्रष्ट बुझिन्थ्यो,’ कार्यक्रमका एक नेपाली सहभागीले भने।
‘भारतीयहरू बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ बिहारको बोधगयाको मात्र चर्चा गरेर लुम्बिनीलाई ओझेल पार्न खोज्दै छन्,’ कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन बेइजिङ आएका अध्येता रमेश ढुङ्गेलले भने, ‘बेइजिङमा पनि उनीहरूले बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर खुलेर चर्चा गर्न चाहेनन्।’
ढुङ्गेल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसिया अध्ययन केन्द्रको बुद्धिस्ट एन्ड हिमालय स्टडिजका संयोजक हुन्। असार ४ देखि तीन दिनसम्म चलेको कार्यक्रममा उनले बुद्धिजमको पुनर्उत्थानमा नेपाली अध्येता अमृतानन्दको योगदान’bout प्रस्तुति दिएका थिए। कार्यक्रममा भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी थिए।
भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको यो कार्यक्रम आयोजना गरेको हो। कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको आइसिसिआरमा भारतीय विदेश मन्त्रालयका सहसचिव योगेश्वर बर्मा उपनिर्देशक छन्। भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियानमा रहेको आइसिसिआरले कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यसअघि नै कार्यक्रम गरिसकेको छ।
ढुङ्गेल संयोजक रहेको बुद्धिस्ट एन्ड हिमालय स्टडिज र काठमाडौँस्थित भारतीय दूतावाससँग मिलेर आइसिसिआरले तीन महिनाअघि काठमाडौँमा यस्तै कार्यक्रम गरेको थियो। ‘बुद्धको जन्मस्थल हाम्रो देशमा पर्ने मात्र होइन, बुद्धिजमको पुनर्स्थापनामा पनि नेपालको ठूलो योगदान छ तर हामीलाई ओझेलमा पार्न खोजिँदैछ,’ ढुङ्गेलले भने, ‘काठमाडौँको कार्यक्रममा चाहीँ बुद्धले नेपालमा जन्मेर भारतमा ज्ञान प्राप्त गरेको भन्ने अवधारणा पत्रमै राख्न सफल भएका थियौँ।’
बेइजिङमा कार्यक्रमको उद्घाटन गर्दै बिहारका मुख्यमन्त्री नीतिश कुमारले नालन्दा विश्वविद्यालय पुनर्उद्धार गरी बोधगयालाई अन्तर्राष्ट्रिय बुद्धिजम अध्ययन केन्द्र बनाउने उद्घोष गरेका थिए। बिहारमा नालन्दा अन्तर्राष्ट्रिय विश्वविद्यालय पुनर्उद्वार गर्न आफ्नो सरकार प्रतिवद्ध रहेको जनाउँदै उनले भारतको केन्द्र सरकारले त्यसका लागि बजेट छुट्याउने जनाए।
ढुङ्गेलका अनुसार बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने भारतीय योजनाको महत्वपूर्ण पक्ष नालन्दा विश्वविद्यालयको पुर्नउद्धार हो, जसमा चीन लगायत पूर्वी एसियाका दसौं हजार बौद्धमार्गी विद्यार्थी तान्न सकिने विश्वास गरिएको छ। यसमा चीनको तर्फबाट १० लाख अमेरिकी डलर तत्काल लगानी गर्ने घोषणा बेइजिङको कार्यक्रममा गरिएको थियो।
बौद्ध विश्वविद्यालय सहित नेपालको लुम्बिनीलाई बौद्ध मार्गीको अन्तर्राष्ट्रिय केन्द्र बनाउने योजनामा चीनलगायत पूर्वी एसियाली देशका सरकार र संघसंस्थाहरूले लगानी गर्न चासो देखाएका छन्। बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बन्न भारतले चलाएको आक्रामक अभियानले लुम्बिनीको विकासमा असर पुग्न सक्ने ठानिएको छ।
Posted by: Shiva Paudel
Source: nagarik
dhotiko chal hamro sarkarlai prastha thaha hunda pani hamro sarkar kina moun chha.yo bishayama sarkarle ra ma nepalko maya garchhu bhanne netrutwa barga jordar birodh kina garna chahanna?yo bishayema hami sabai nepalile turuntai birodh garne, jordar awaj bela aayeko chha. haina bhane aaja kapilbastu bharatma parchha ra bhagwan budhha hamrai deshma janmeko ho bhanna chahanele bholi nepal pani bharatko auta pranta ho bhanera parchar bishwa samu nagarla bhanne k ber.tesai ta dhotiharuko (bharati) nepaliharulai hepne parbirti chha.samaya chhandai sabailai chetna bhaye ramro……………….
मित्र रास्ठ को नाउमा कलन्क हुने रोद्म्याप हो यो खेल। हाम्रा नेताहरु ले अब भारत गयर बसेहुन्छ ।
dannebad khop ji tapaiko yo lekhit kurama mo pani sahamat6u tesaile
jaga2 hami nepali deshko rachya garnalai ra tyo dhotiharuko mukhma
latti hanlalai,,,,