काठमाडौं, असार २६ – नेपाल आयल निगमले आजैबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ। हिजो राति बसेको निगम संचालक समितिको बैठकले डिजेल र मट्टितेल दुबैमा ५-५ रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले नागरिकन्युजलाई बताए।
यो मूल्यवृद्धिपछि पनि निगमले डिजेलमा प्रतिलिटर ९ रुपैयाँ १६ पैसा घाटा बेहोर्न पर्छ भने मट्टितेलमा १६ पैंसा नाफा हुने भएको छ।
मूल्यवृद्धिपछि निगमको मासिक घाटा ७४ करोडमा झर्ने ढुंगेलले बताए। उनका अनुसार अहिलेको मूल्यवृद्धि नगर्दा निगमले मासिक १ अर्ब ४ करोड रुपैयाँ घाटा बेहोर्दै आएको थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ। भारतले गत जुन २५ मा पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य बढाएको थियो।
Posted by: Shiva Paudel
Source: nagarik