माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले १६ सेप्टेम्बर २०११ मा अन्तर नेपाली भलिवल प्रतियोगिता राख्ने


ईन्द्र भूषाल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको गत ०३ जून २०११ को अधिवेशनबाट निर्वाचित नयाँ कार्यकारिणी समितिको प्रथम औपचारिक बैठक मुर्गापस्थित होटल सोल्टिमा हिजो ०८ जुलाईको दिन सम्पन्न  भयो । क्लब अध्यक्ष धर्मराज गिरीको अध्यक्षतामा बसेको बैठकले आगामी सेप्टेम्बर १६ तारिखका दिन अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ भनें क्लवले गर्ने अन्य भावी कार्य योजना सहितको क्यालेण्डर क्लवले छिट्टै प्रकाशनमा ल्याउने छ ।

भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न पार्न क्लवले कार्यकारीणी समितिका सदस्य एवं पुर्वाध्यक्ष श्री किरण पौड्यालको संयोजकत्वमा ९ सदस्यिय उप-समितिको गठन गरेको छ ।

क्लव कार्यसमितिमा नयाँ सदस्यहरुको ओईरो (३० सदस्यीय कार्यसमिति ३३ सदस्यीय बन्यो):

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले बिगत १२ बर्षदेखी कुवेतवासी नेपालीहरुबीच रहेर काम गर्दै आएको र यो अन्तरालमा कयौं प्रवासी नेपालीहरु क्लबमा रही काम गरिसकेको परिवेशमा फेरी केही नयाँ पिढी क्लव कार्यसमितिमा आवद्द रहेर काम गर्न इच्छुक रही क्लवको हिजो बसेको १४४औं बैठकमा उपस्थित रहि दरखास्त दिईएकोले ३ महिला सदस्यहरुलाई कार्यसमितिमा निर्विरोध रुपमा नियुक्त गराई सपथ ग्रहण गराईएको छ भनें अन्य इच्छुक केहिले टेलिफोन मार्फत क्लवमा आउने जानकारी दिनु भएको छ । नयाँ सदस्यहरुमा कुवेतको नेपाली इतिहासमा पहिलो महिला कार्यक्रम सञ्चालिकाको रुपमा प्रस्तुत भएकी सुश्री किरण आले मगर, कुवेतमा कार्यरत सुश्री यशोदा घिमिरे र सुश्री डोल्मा तामाङ रहनु भएको छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत कार्यसमिति वहाँहरुको हार्दिक स्वागत गर्दै सफल कार्यकालको कामना गर्दछ ।

Advertisements

One response to “माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले १६ सेप्टेम्बर २०११ मा अन्तर नेपाली भलिवल प्रतियोगिता राख्ने

  1. lala ramro hamro tim pani auni ho naya tim hawally bata papa johns pizza hut restudent bata ramailo ko lagi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.