नेपालका लखपति फुटबलर


                                                                                                                                        – प्रजित शाक्य 
पछिल्ला केही वर्षमा नेपालका सफल तथा चर्चित फुटबलरहरूको नाम लिँदा अनील गुरुङ सबभन्दा अगाडि देखा पर्दछन् । वर्तमान नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक स्ट्राइकर अनीलको अहिलेको पहिचान यही हो । कसरी बन्यो अनीलको यो पहिचान ? नेपाली फुटबल जगतमा अनील कहाँ छन् त ? नेपाली फुटबल टिमका सर्वाधिक भरोसा गर्न लायक अग्रपङ्क्तिका खेलाडी हुन् अनील । यसैले राष्ट्रिय टिम मैदानमा उत्रँदा लाखौँ नेपाली फुटबलप्रेमीको आशा मुख्यतः अनीलमा नै रहने गर्दछ ।

छोटो समयमा लामो फुटबल यात्रा तय गरिसकेका छन् अनीलले । उनको प्रमुख क्षमता र काम गोल गर्नु नै हो । एक स्ट्राइकरमा हुनुपर्ने सबै गुण विद्यमान रहेका अनील बलमाथि नियन्त्रण र विपक्षी डिफेन्डरलाई छक्याएर गोल गर्ने मात्र होइन, एयर बलमा पनि उत्तिकै राम्रा छन् । यसले गर्दा विपक्षी टिमका लागि अनील सधैँ खतराको रूपमा रहेका हुन्छन् । अहिले त अनील एक आदर्श खेलाडी बनिसकेका छन् ।

खेल कौशलका कारण मात्र होइन, आम्दानीका हिसाबले पनि अनील चर्चामा छन् । उनी अहिलेका सर्वाधिक पैसा कमाउने फुटबल खेलाडी पनि हुन् । गत सत्रमा भारतको आई लिग क्लब सिलोङ लोजाङले उनलाई तीन वर्षका लागि ६३ लाख रुपियाँमा अनुबन्धित गरेको थियो । यो नेपाली फुटबलरले पाएको अहिलेसम्मको सबभन्दा ठूलो पारिश्रमिक हो । यो रकम अहिले पनि अन्य नेपाली फुटबल खेलाडीका लागि सपनाकै रूपमा रहेको छ । वि.सं. २०४३ असोज ९ गते पोखराको मालेपाटनमा जन्मेका अनीललाई खेलाडी बनाउनुमा नेपालको रमणीय स्थलको फुटबल वातावरण नै जिम्मेवार रहेको छ ।

अनीलले सुरुका दिनमा फुटबल रोज्दा उनलाई भारतीय सेनामा रहेका बाबुको समर्थन थिएन । फुटबल खेलेर नेपालमा जीवनयापन गर्न सकिँदैन भन्ने धारणा थियो परिवारको । त्यसैले छोरा सेनामा नै भर्ती होस् भन्ने चाहन्थे उनका आर्मी बाबु तर परिवारको इच्छा विपरीत उनी खेलको मैदानमा होमिए । “सबैले पढ्न छोडेर खेल्यो मात्र भन्थेँ । अहिले फुटबलमा नाम, दाम र सम्मान पाएपछि परिवारका सबै खुशी छन् ।”

विवाद छैन, प्रतिभाले नै कसैलाई असफल वा असफल खेलाडी बनाउँछ तर सफलता आर्जित गर्न यति मात्र पर्याप्त छैन । समय, भाग्य र मार्गदर्शनको पनि यसमा ठूलो हात रहेको हुन्छ । अनील यसमा मामिलामा निकै भाग्यमानी साबित भएका छन् । उनले लगातार सही समयमा उचित मौका पाए ।

पोखरामा सहारा क्लब छ, जसले पोखरालाई नै फुटबलमय बनाएको छ । सहारा क्लब नहुँदो हो त पोखरा फुटबलमय हुने थिएन र सम्भवतः आजको नेपाली फुटबल जगतमा अनील पनि हुने थिएनन् । त्यसबेला अनील १२ वर्षका थिए । सहारा क्लबले सहारा एकेडेमीको निर्माण गरी प्रतिभाहरूलाई व्यावसायिक फुटबल खेलाडी बनाउने अभियान थाल्यो । अनील त्यसबेला करीब चार सयजनाको भीडमा फुटबलको प्रशिक्षण लिने सपनाका साथ सहारा एकेडेमीमा पुगे । प्रव[mतिप्रदत्त फुटबल खेल्ने गुण भएका अनील छनोटमा नपर्ने कुरै थिएन । प्रशिक्षणको थालनीसँगै वास्तविक रूपमा अनीलको नाता फुटबलसँग जोडियो । त्यसपछिको एक दशक लामो फुटबल यात्रामा उनले पछाडि फर्केर हेरेका छैनन् ।

चौध वर्षको उमेरमा नै सहारा क्लबको सिनियर टिममा रहेर अनीलले पहिलोपटक २०५९ सालमा तीज प्रतियोगितामा खेले । त्यसपछि आहा गोल्डकपको तेस्रो संस्करणमा उनले खेल्ने मौका पाए । नेपालका ठूला ए डिभिजन क्लबको उपस्थिति रहेको सो प्रतियोगिता उनका लागि ठूलो मञ्च र आˆनो फुटबल कौशल प्रदर्शन गर्न अपूर्व अवसर थियो त्यो प्रतियोगिता । नेपालको ए डिभिजन क्लब बि्रगेड ब्वाइजको नजर त्यही समयमा किशोर अनीलमा परेको थियो ।

अनीलका लागि त्यो एउटा भाग्य थियो तर अनीलका लागिभन्दा अनीललाई टिममा समावेश गर्नु बि्रगेड ब्वाइजका लागि भाग्य बन्यो । त्यसबेला अनीलकै प्रदर्शनले बि्रगेड ब्वाइज ए डिभिजनमा कायम रहन सफल भयो । नेपालको शीर्ष लिगमा पहिलो सत्रमा नै अनीलले आठ गोल गरेर आˆनो छाप छाडे । त्यसपछि थि्र स्टारले जस्तो नेपालका सबभन्दा ठूलो क्लबमध्ये एकले उनलाई टिममा भित्र्यायो र अझ अगाडि बढ्न बाटो खुल्यो । थि्र स्टारसँग आवद्ध भएपछि नै उनीे राष्ट्रिय युवा टिमको ढोका ढकढकाउन सफल भए । २०६३ सालमा किर्गिस्तानमा भएको यू-१९ फुटबल खेलेर उनले राष्ट्रिय टिमको जर्सी लगाए । त्यसको दुई वर्षपछि ओमानविरुद्धको ओलम्पिक छनोटमा खेलेर उनले राष्ट्रिय सिनियर टिममा पनि पदार्पण गरे । त्यसपछि उनी अहिलेसम्म राष्ट्रिय टिममा कायम छन् ।

काठमाडौंमा खेल्दा उनले राष्ट्रिय टिममा पर्ने संकल्प लिएका थिए, जुन चाँडै पूरा भयो । त्यो क्षण सम्झँदै अनील भन्छन्- “म सानो छँदा वसन्त थापाको चर्चा हुन्थ्यो । यसकारण उनी जस्तै चर्चित हुने सोचेको थिएँ ।”

त्यसबेला नेपालका नम्बर एक स्ट्राइकर वसन्त मनाङ मस्र्याङ्दीबाट खेल्दथे । उक्त क्लबबाट खेल्ने खेलाडीले अरू क्लबको तुलनामा बढी प्रतिष्ठा पाउने गर्दथे । उनी २०६४ सालमा वसन्तकै क्लब मनाङ मस्र्याङ्दीमा स्थानान्तर भए । यद्यपि उनले वसन्तसँग जोडी बनाएर भने खेल्न पाएनन् । अनील मनाङ मस्र्याङ्दी तथा राष्ट्रिय टिममा आउनु र वसन्तले फुटबलसँग नाता तोड्ने समय एउटै रहृयो । “वसन्त दाइसँग खेल्ने ठूलो रहर थियो । अझ उनले फुटबल छाड्नु र म मनाङ मस्र्याङ्दीमा आवद्ध हुनु एकै समय परेकोले मलाई पीडा हुन्छ । उनी मेरा आदर्श खेलाडी हुन्”- एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका अनील भन्छन् ।

थि्र स्टारमा रहेर लिग खेल्दा १३ गोल गरेपछि वसन्तको विकल्प खोजिरहेको मनाङ मस्र्याङ्दीको नजर अनीलमा परेको थियो । त्यसपछि आकर्षक रकममा अनीललाई क्लबमा भित्र्याएको मनाङले प्रतिफल पनि पहिलो सत्रमा नै पायो । मनाङको जर्सीमा खेलेर अनीलले एकै सत्रमा ३२ गोल गरेका थिए, जुन अहिलेसम्मकै कीर्तिमानको रूपमा रहेको छ । त्यसपछि त उनलाई लिन ठूला क्लबहरूबीच हानथाप नै चल्यो । त्यसमा सफल भयो एनआरटी । एनआरटीले उनलाई सो समय कीर्तिमान रकममा सम्झौता गरेको थियो । यद्यपि एन्फा विवादको कारण तीन वर्ष लिग प्रभावित भएपछि अनीलको ‘पिक र्फम’ घरेलु लिगमा त्यत्ति प्रयोग हुन सकेन भने पनि हुन्छ । यसबीच उनले यू-२३ टिममा खेलेर श्रीलङ्कामा भएको दसौं एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई काँस्य पदक दिलाउन ठूलो भूमिका निर्वाह गरे । त्यो घटना राष्ट्रिय टिमसँग उनको अहिलेसम्मकै ठूलो उपलब्धि रूपमा रहेको छ ।

देशभित्र सर्वाधिक लोकपि्रय खेलाडी अनीलको डङ्का भारतमा पनि बज्यो । कठिन आई लिगमा कुल १४ गोल गरेर अनीलले भारतमा पनि आˆनो छाप छोडेका थिए । यद्यपि उनको क्लब सिलोङ लाजोङ सो समय समय रेलिगेसनमा परेपछि तीन वर्षका लागि आवद्ध भएका अनील पहिलो सत्रमा नै नेपाल फर्के । यसअघि उनको यात्रा फुटबलको जननी बेलायतको वकिङ एफसीसम्म पुगेको थियो । ‘वर्क पर्मिट’ को प्राविधिक कारणले उनले त्यहाँ मौका भने पाउन सकेनन् । यद्यपि उनले त्यहाँ ट्रायलको क्रममा करिब चार महिना फुटबल खेले ।

दस वर्षअघि फुटबल खेल्न थालेका अनीलले आफूलाई राष्ट्रिय खेलाडीका रूपमा स्थापित गर्न त चाहेका थिए तर आज जुन उचाइमा पुगेका छन्, सम्भवतः त्यो उचाइको उनले कल्पना पनि गरेका थिएनन् ।

“सुरूमा फुटबल खेल्दा यो स्थानमा पुग्छु, फुटबल नै मेरो जीवनयापनको माध्यम हुनेछ भन्ने भनेर सोचेको पनि थिइनँ तर नाम कमाउने संकल्प भने मेरो मनमा थियो,” अनील कुरा नलुकाई भन्छन् । प्रतिभा र भाग्यको बेजोड संगम अनि नेपालीबीच अत्यधिक लोकपि्रय फुटबलर अनील नेपालको फुटबलप्रति आशावादी छन् र भन्छन् ” नेपालमा अहिले फुटबल खेलाडी भएर बाँच्ने समय बनिरहेको छ ।” सर्वाधिक लोकपि्रय खेलाडी अनील भन्छन् ।

अनीलको तत्कालको लक्ष्य के छ त ? “दोस्रो पटक मनाङ मस्र्याङ्दी क्लबलाई सातौँ पटक लिग च्याम्पियन बनाई कीर्तिमान राख्ने सुर छ,” सह-खेलाडीहरूको खेल क्षमताप्रति विश्वस्त अनील भन्छन् ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.