सास गन्हाउने समस्या विश्वका हरेक क्षेत्रका मानिसको एक ठूलो समस्या हो । जो गिजाको रोग, खाना वा प्लाक (दाँतमा जमेको फोहोर) का कारणले मुखमा ब्याक्टेरिया सङ्क्रमण भएर हुन्छ । चिकित्साशास्त्रले यस समस्यालाई हेलिटोसिस, फिटोर ओरिस वा आजोस्टोमिआ भनी व्याख्या गरेको छ । प्रायः सास गन्हाउने व्यक्तिले अरुको अगाडि सास गन्हाएको थाहा पाउँदैन । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/07/2011
नेपालका लखपति फुटबलर
– प्रजित शाक्य
पछिल्ला केही वर्षमा नेपालका सफल तथा चर्चित फुटबलरहरूको नाम लिँदा अनील गुरुङ सबभन्दा अगाडि देखा पर्दछन् । वर्तमान नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक स्ट्राइकर अनीलको अहिलेको पहिचान यही हो । कसरी बन्यो अनीलको यो पहिचान ? नेपाली फुटबल जगतमा अनील कहाँ छन् त ? नेपाली फुटबल टिमका सर्वाधिक भरोसा गर्न लायक अग्रपङ्क्तिका खेलाडी हुन् अनील । यसैले राष्ट्रिय टिम मैदानमा उत्रँदा लाखौँ नेपाली फुटबलप्रेमीको आशा मुख्यतः अनीलमा नै रहने गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले १६ सेप्टेम्बर २०११ मा अन्तर नेपाली भलिवल प्रतियोगिता राख्ने
ईन्द्र भूषाल, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको गत ०३ जून २०११ को अधिवेशनबाट निर्वाचित नयाँ कार्यकारिणी समितिको प्रथम औपचारिक बैठक मुर्गापस्थित होटल सोल्टिमा हिजो ०८ जुलाईको दिन सम्पन्न भयो । क्लब अध्यक्ष धर्मराज गिरीको अध्यक्षतामा बसेको बैठकले आगामी सेप्टेम्बर १६ तारिखका दिन अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ भनें क्लवले गर्ने अन्य भावी कार्य योजना सहितको क्यालेण्डर क्लवले छिट्टै प्रकाशनमा ल्याउने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, सूचना, MESC गतिविधि
नेपाली नाइटिङ्गेल!
– डम्बरकृष्ण श्रेष्ठ
“जन्मदातालाई माया गर्ने छोराछोरीको सङ्ख्या घटेको देख्दा मेरो मन कुडिन्छ।”
जुलाई १८८१ मा बेलायतको क्याम्ब्रिजस्थित एडेनब्रुक्स अस्पतालका मेट्रोन एलिस फिशरलाई फ्लोरेन्स नाइटिङ्गेलले लेखेको पत्रमा यस्तो आग्रह थियो, “मसँग तालिममा भर्ना गर्न सकिने भन्दा बढी निवेदन छन्, तर तपाईंबाट त्यस्ता युवतीको सिफारिस होस् जोसँग नर्स हुने इच्छासँगै समर्पण र यो पेशालाई ग्रहण गर्ने गुण पनि होस्।” क्रिमिया युद्ध (सन् १८५३-१८५६)ताका बत्ती बोकेकी महिलाको उपनाम पाएकी करुणाकी प्रतीक नाइटिङ्गेल त्यसबेला सेन्ट थोमस अस्पतालमा आफू जस्तै नर्स उत्पादन गर्ने अभियानमा लागेकी थिइन्। भक्तपुर दूधपाटीकी ललिता धौभडेल (६१)को समर्पण देख्दा उनी १३० वर्षअघि नाइटिङ्गेलले खोजे जस्तै नर्स लाग्दछिन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल