संगीत रोयल्टी संकलन समाज नेपालको आयोजनामा भएको अन्तर्क्रियामा कलाकारहरूले एफएम र रेडियोले गीत बजाए बापत रोयल्टी दिनुपर्ने माग उठाएका छन्। मागप्रति समर्थन जनाउँदै बिहीबार पाँच कलाकारले नागरिकसँग आफ्ना कुरा राखे।
रिमा गुरुङ होडा, गायिका
रोयल्टी भनेको कलाकारको अधिकार हो। नेपाल टेलिभिजन र रेडियो नेपालमा गीतको विज्ञापन एक प्रतिशत दिने कुरा भएको थियो। त्यो व्यवहारमा लागु भइसकेको छैन। अधिकांश सर्जकलाई थाहा नभएकोले रोेयल्टी संकलनमा समस्या आएको हो। नेपाली रेडियो र एफएमले हिन्दी गीतको भन्दा नेपाली संगीतको प्रोत्साहन गर्नुपर्छ। रोयल्टी दिने चलन सुरु भएपछि गुणस्तरीय गीतले प्राथमिकता पाउनेछ। धेरै दिन सकिँदैन भने थोरै दिए हुन्छ। तर सर्जकको सिर्जनालाई सित्तै प्रयोग नगरौं।
स्वरूपराज आचार्य, गायक
अन्तर्राष्ट्रिय स्तरमा रोयल्टीलाई सर्जकको अधिकार भनिए पनि नेपालमा कतिलाई यस’bout जानकारी छैन। कुनै रेडियोले मेरो गीत बजाउँछ भने मैले त्यसबापत केही पाउनै पर्छ। धेरै नदिए पनि केही दिए रामै हुन्छ। सायद यो कुरा पनि पूरा हुन्छ भन्ने आशा राख्नुपर्छ। सर्जकलाई सम्मान गर्ने योभन्दा राम्रो माध्यम अरू हुँदैन होला।
एड्रियन प्रधान, गायक
पछिल्लो समय नेपाली संगीतमा क्रान्ति आएको छ। जसले गर्दा रोयल्टी’bout सबैजना जागरुक भएका छन्। अब रोयल्टी सम्बन्धी कानुनकै आवश्यकता परेकोले त्यसको प्रक्रिया पनि सुरु भएको छ। यसले नेपाली संगीतको स्तर निर्माणमा राम्रो वातावरण तयार हुनेछ। आफूले सिर्जना गरेको कुराबाट केही आम्दानी हुन्छ भने, सकारात्मक नै हो। यस’bout रेडियो र एफएमहरूले पनि सोच्नै पर्छ। आफूचाहिँ कार्यक्रम बजाएर पैसा कमाउने तर सर्जकले चाहिँ केही नपाउने हो भने राम्रो सन्देश जाँदैन।
दीपक लिम्बु, गायक
कुनै पनि सर्जकप्रतिको सम्मान र संरक्षणको निम्ति रोयल्टी आवश्यक छ। यसले सर्जकलाई संगीतमा लागिरहन प्रोत्साहित गर्छ। कम्तीमा पनि रोयल्टी दिनुपर्ने कानुन बन्न सके सबैले राहत पाउँथे। त्यस’bout एफएमले पनि सकारात्मक भएर सोच्नुपर्छ। गीतसंगीतलाई हौसला दिए राम्रो सिर्जना तयार हुने आधार बन्छ।
दुर्गा खरेल,गायिका
रोयल्टीले कलाकारलाई प्रोत्साहन समेत गर्ने हुँदा यस’bout एफएम रेडियोले पनि सोच्नै पर्छ। व्यावसायिक हुने हो भने रोयल्टी दिने चलनलाई स्वीकार्नु पर्छ। रोयल्टीले सर्जकलाई आर्थिक रूपमा सहयोग गर्छ। यसले हौसला बढाउँछ। आफूले गरेको मेहनतको राम्रो सम्मान र आर्थिक सहयोगको अपेक्षा नाजायज पनि होइन। रेडियो र एफएमको व्यावसायिक सिद्धान्त फरक भए पनि रोयल्टी दिनै पर्छ। रोयल्टी भनेको त सर्जकको सम्मान हो।