काठमाडौं, २३ असार – भोजराज पौडेल
कृषिप्रधान देश नेपालका ७८ प्रतिशत कृषक गरिबिको रेखामुनि रहेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा ७८ प्रतिशत गरिबहरूले निर्वाहमुखी कृषि क्षेत्रलाई रोजगारीको मुख्य माध्यम अपनाएको देखाएको छ । त्यसमध्ये ६७ प्रतिशत कृषि रोजगार तथा ११ प्रतिशत कृषि श्रमिक रहेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार कृषकको ठूलो हिस्सा गरिबीको रेखामुनि रहनुका साथै कुल जनसंख्याको ६६ प्रतिशत कृषिमा आधारित छन् । पढ्नेक्रम जारी राख्नुहोस्