मुम्बई, असार २२ (एजेन्सी)- बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो वैवाहिक जीवनमा समस्या आएको भन्ने हल्लालाई निराधार बताएकी छिन्। उनले पति राज कुन्द्रासँग अमेरिकामा बिदा मनाइरहेको जानकारी दिँदै आफू गर्भवती नभएको पनि जानकारी दिइन्। ‘म गर्भवती छु भन्ने खबर साँचो होइन, त्यस्तै मेरो पतिको अर्कैसँग अफेयर चल्दै गरेको कुरा पनि झुठ हो,’ शिल्पाले ट्वीटरमा भनेकी छिन्, ‘पत्रपत्रिकाहरूले यस्तो हल्लालाई समाचार बनाउनु कुनै नौलो होइन।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/07/2011
म गर्भवती छैनः शिल्पा शेट्टी
Posted in विश्व समाचार
प्रेम प्रस्ताव राख्नेहरु छैनन् – सौजन्य सुब्बा
नेपाली सिनेबृत्तकी राम्री नायिकामा पर्छिन उनी । दर्जनौ टेलिफिल्म खेलेकी उनी आधा दशक अघि सानो पर्दाकी नम्बर एक नायिकाको उपाधिधारी थिईन् । त्यही सानो पर्दाबाट तीन वर्ष अघि ठुलो पर्दामा फड्को मारेकी यी नायिका हुन सौजन्य सुब्बा । मंगोलीयन समुदायकी भएर पनि आर्यन जस्ती देखिन्छिन उनी । यो नै उनको सबल पक्ष हो ।५४ केजीबाट जिरो साईजमा झेरकी यी नायिका यतीबेला ४४ केजीकी छिन्, ‘यो सबै दैनिक ब्यायाम र सन्तुलित भोजनको नतिजा हो ।’ सौजन्यले जिरो साईज फिगरको रहस्योघाटन गरिन् ।
Posted in नेपाल समाचार
लाल सागरमा डुङ्गा दुर्घटना, १ सय ९७ को मृत्यु
एजेन्सी, साउदी अरब, २२ असार । सुडानबाट साउदी अरेविया तर्फ गइरहेको डुङ्गा लाल सागरमा डुब्दा १ सय ९७ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जनाको उद्दार गरिएको छ । अवैध आप्रावसी लिएर साउदी अरेयिबा गइरहेको डुङ्गामा आगो लागेपछि दुर्घटना भएको सुडानी सञ्चार माध्यमले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
बलात्कृत भिक्षुणीको मानसिक सन्तुलन गुम्यो
काठमाडौं, अषाढ २२ – पाँच युवकबाट बलात्कृत भिक्षुणी होसमा आउने बित्तिकै मानसिक सन्तुलन गुमाएपछि उनको उपचार मानसिक अस्पतालमा सुरु भएको छ। धरानबाट संखुवासभाको खादवारी जाँदै गर्दा दस दिनअघि बस चालकसहित मिलेर उनको बलात्कार गरेका थिए। पीडितको उपचार यतिबेला भारतको सिलिगुढीमा चलिरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
क्रिकेट टिम चयन
काठमाडौ, अषाढ २२ – पृथु वास्कोटाको नेतृत्वमा आईसीसी यू-१९ विश्वकप छनोट चरणका लागि नेपाली टिमको चयन गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार घोषणा गरेको टिममा राहुल विश्वकर्मा, भुवन कार्की, सुवासप्रसाद खकुरेल, अविनाश कर्ण, कृष्ण कार्की, फजलुर रहमान र राजेश पुलामी मगर छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
कतारमा महिनाकै १२ भन्दा बढी नेपालीको मृत्यु
छत्र कार्की, दोहा (कतार)
असार २२- रुकुमबाट काम गर्न कतार पुगेका मानबहादुर पुन (४०) असार ११ गते राति खाना खाएर सुते। भोलिपल्ट बिहान ६ बजे नै काममा जानुपर्ने उनी उठ्नै सकेनन्। ३१ महिनाअघि यो मरुभूमिमा पाइला टेकेका उनी सुरुदेखि नै दोहा मैजारस्थित इलाइट इन्जिनियरिङ कम्पनीमा ‘लेबर’ को काम गर्दै आएका थिए। कम्पनीकै शिविर (कामदार बस्ने ठाउँ) मा उनीलगायत अन्य सात नेपाली एउटै कोठामा सुत्थे। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार