‘बुढी भैसकें, अब नो बेबिज’ – करिश्मा मानन्धर


नायिका करिश्मा मानन्धर नेपाली सिने जगतका एकमात्र यस्ति नायिका हुन जो उमेर छिपिदै जाँदा झन सेक्सी र सुन्दर देखिदैछिन् । लामो समय अमेरिका बसेर नेपाल फर्किएकी करिश्माको रुपको जादु काठमाण्डौंमा भइरहने कार्यक्रममा दर्शन गर्न पाइन्छ ।बिनोद मानन्धरसँगको बिबाहबाट जन्मिएकी छोरी कविता पनि जवान भइसकिन् । सायद छोरीको चढ्दो जवानी देखेर होला आजभोलि आमा करिश्मालाई लाग्न थालेकी छ-’अब त बुढी भएँ ।’

जीवनका अनेक पाटो’bout हालै अनलाइनखबरसँग अन्तरंग कुराकानी गरेकी करिश्माले आफु बुढी भइसकेको त स्वीकर गरिन नै, अब छोराको आमाको बन्ने कुनै सम्भावना नरहेको समेत बताइन् ।छोराको आमा कहिले बन्ने भन्ने प्रश्नमा करिश्माको जवाफ थियो- ‘अब नो बेबिज, त्यसका लागि म बुढी भइसकें ।’

पति बिनोदलाई भन्दापनि छोरी कवितालाई बढि माया गर्ने बताउने करिश्माले अहिलेपनि कविता सानी छोरी हुँदाको रोमाञ्चकता भुलेकी छैनन । भन्छिन-’अहिले पनि छोरी कविता सानो बेबी भइदियोस भन्ने लाग्छ ।’

उमेर बढ्दै जाँदा बढि कन्फिडेन्स भएर होला करिश्मा आजभोली पहिलेभन्दा बढि बोल्न पनि थालेकी छन् रे । करिश्माको सुन्दरता देखेर अहिलेसम्म पनि बिबाहका प्रस्ताव आइरहेका छन रे । तर करिश्मा भन्छिन-’ मेरो नजरमा विवाह यस्तो कमिटमेन्ट हो जो एकभन्दा बढीसंग गर्न सकिदैन् ।’ तर उनलाई हरेक महिना चिठी पठाउने क्रेजी फ्यानको भने कुनै कमी छैन् । भन्छिन-’मिलन आफन्त भन्ने क्रेजी फ्यानले हरेक महिना लेटर पठाउँछ, त्यो को हो, मलाई पनि थाहा छैन ।’

Posted by: Narayan Nepal                                                    Source: Onlinekhabar

One response to “‘बुढी भैसकें, अब नो बेबिज’ – करिश्मा मानन्धर

  1. होइन करिश्मा लाई हिरोनी भन्ने मान्छे को होला?- अहिले कुवैत मा घरेलु कामदार मा काम गर्ने नेपाली चेली हरु करिश्मा भन्दा ३ गुना सुन्दरी छन/- करिश्मा किरिम लागेर मेकअप गरेर पनि त्येस्तो देखिन्छन/- अहिलेको जमानामा करिश्मा लाई हिरोनी भन्ने नेपाली हरु अन्धा हुन्/-त्यसैले नेपाल मा अहिले सम्म सम्बिधान बन्नु सकेको छैन/-उनि जवानी मा पनि के त्यति राम्रो थिए त् ?पुरानो जवानमा सहर बजारमा कुनै गाउको महिला हरु बजार घुम्ने चलन थिएन त्यति बेला उनि हिरोनी भएको हुन्/- तर अहिलेको युग मा करिश्मा दिदि लाई हिरोनी भन्नु मिल्दैन/-

    धन्य बाद

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.