Daily Archives: 04/07/2011

रातो पासपोर्ट कान्डमा मुछिएका एमाले सभासद पक्राउ


माधव ढुङ्गेल, काठमाडौँ, असार २०- रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले एमाले सभासद् नारदमुनी राना थारुलाई उनकै अनामनगरस्थित डेराबाट आज बिहान पक्राउ गरेको छ। उनी एमालेका समानुपातिकमा चयन भएका सभासद हुन्। कुटनीतिक (रातो) पासपोर्ट दुरुपयोग गरेको अभियोगमा पक्राउ पर्ने उनी तेस्रा सभासद हुन्। यसअघि बीपी यादव र गायत्री साहलाई अख्तियारले मुद्दा चलाइसकेको छ। उनीहरु हाल धरौटीमा रिहा छन्। पढ्नेक्रम जारी राख्नुहोस्

निरन्तरताकै नीति तथा कार्यक्रम


गोकर्ण अवस्थी
काठमाडौ, अषाढ २० – अर्थतन्त्रका जटिलताको निकास खोज्नेभन्दा पनि सत्ता साझेदारलाई रिझाउने लोकपि्रय शैलीमा सरकारले आर्थिक वर्ष २०६८/६९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामवरण यादवद्वारा आइतबार संसद्मा प्रस्तुत नीतिमा ‘जनयुद्धको पृष्ठभूमिमा मौलिक शान्ति प्रक्रिया सुरु गरेको’ भन्ने विषय पहिलो पटक सरकारी दस्तावेजमा समेट्दै द्वन्द्वपीडित, घाइते, बेपत्ताका लागि विशेष कार्यक्रम समेटिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साई बाबाको बाल्यकाल


विश्वप्रसिद्ध धार्मिकगुरु सत्यसाई बाबाको वैशाख १० गते भारतको पुट्टपर्तीमा निधन भयो । धर्मगुरु भएर पनि थुप्रै समाजसेवाका कार्यक्रमबाट हजारौं मानिसको जीवन परिवर्तन गराएपछि साई बाबा विश्वभर चर्चित भए तर यिनै साई बाबाले सानो हुँदा निक्कै कष्ट भोग्नुपर्‍यो । साई बाबाको व्यवहारमा अकस्मात परिवर्तन भएपछि उनी पागल भएको दावी डाक्टरले गरे, साई बाबाका पिताले उनको औषधोपचार गर्नेदेखि लिएर धामी झाँक्रीसम्म लगाएर उपचार गराए । अन्तिममा साई बाबाले आफू भगवान् भएको दावी गर्दै एक्लो जीवन विताउने निर्णय गर्दै घरवार त्यागे । करोडौं व्यक्तिलाई आˆनो प्रभाव छोड्न सफल साई बाबाको बाल्यकाल कस्तो थियो त ? पढ्नेक्रम जारी राख्नुहोस्

कुन काम कहिले गर्ने ?


– कमल रिजाल
प्रसङ्ग रामायणको हो । मर्ने बेला रावणले लोकवासीलाई भनेका थिए- ‘आजको कामलाई भोलि नभन्नु । जीवनमा स्वर्ग जाने सिंढी बनाउने विचार गरेको थिएँ । भोलि भन्दै टार्दै गएँ । आखिर त्यो भोलि आउँदै आएन । महाभारतमा व्यासजीले पनि यस्तै आशय प्रकट गरेका छन् । उनी भन्छन्- भोलि गर्छु भनेको काम आजै गर्नुपर्दछ । आज गर्छु भनेको काम अहिले नै गर्नुपर्दछ । जीवनको के भरोसा ? कति बेला के हुन्छ कसले भन्न सक्छ र । पढ्नेक्रम जारी राख्नुहोस्